एसओएस, डीडी ह्युमन र होप इन्टरनेशनल म्यानपावरको सम्पूर्ण कारोवार रोक्का

Posted on: 25 Nov, 2020

मङ्सिर ९, काठमाडौँ | वैदेशिक रोजगार विभागका महा निर्देशक कुमार प्रसाद दाहालले कतार पुलिसमा पठाउने नाममा सरकारी स्वीकृति नलिई अन्तर्वार्ता लिने र अटेरी गर्ने बिभिन्न तीन म्यानपावरलाई कारवाही प्रक्रिया अगाडी बढाएको बताएका छन् । 

महानिर्देशक दहालले सोमबार छापा मारिएको एसओएस र डीडी ह्युमन रिसोर्सको वैदेशिक रोजगारमा पठाउने सम्पूर्ण प्रक्रिया रोक्का गरिएको र मंगलबार छापा हानिएको होप इन्टरनेशनलको सम्पूर्ण कारोवार आजदेखि रोक्का गरिने साझा सबाललाई जानकारी दिए । 

अनुगमनमा परेका म्यानपावरहरुलाई के कारवाही हुन्छ भन्ने प्रश्नमा दाहालले भने 'म पद त्याग्न तयार छु तर अवैध तरिकाले काम गर्न दिन्न । संलग्न सबै म्यानपावरलाई कारवाहीकै दायरामा ल्याउन रोक्का गरिएको हो ।'


तश्वीर: कुमार प्रसाद दाहाल, महानिर्देशक - वैदेशिक रोजगार विभाग

सोमबार र मंगलबार कतार पुलिसमा पठाउने भन्दै सरकारको स्वीकृति नै नलिई हजारौं नेपालीलाई अन्तर्वार्ताको लागि काठमाडौँ बोलाएर गोप्य रुपमा अन्तर्वार्ता लिएपछि वैदेशिक रोजगार विभागले  बिभिन्न तीन म्यानपावरमा अनुगमन गरेको थियो । कतार पुलिसमा पठाउने क्रममा गोप्य अन्तर्वार्ता लिनुको पछाडी नेपाली कामदारसँग लाखौँ अशुली गर्ने तयारी तथा सिमित म्यानपावरले मात्र कतार पठाउने गरि सिन्डिकेट सुरु गर्न लागेको म्यानपावर व्यवसायीकै आरोप लागेको छ । 

सम्बन्धित समाचार

कतार पुलिसमा पठाउने भन्दै फेरी आज पनि अन्तर्वार्ता

कतार पुलिसको लागि गोप्य अन्तर्वार्ता लिंदालिंदै २ म्यानपावरमा विभागको छापा (भिडियो सहित)

कतार दूतावासको भनाईः कतार पुलिस छनौट प्रकृयामा हाम्रो कुनै संलग्नता छैन

यस बिषयमा तपाइको प्रतिक्रिया...!