मलेसिया सरकारले विदेशी श्रमिकहरुका लागि गर्यो यस्तो निर्णय

Posted on: 26 Nov, 2020

मंसिर ११, काठमाडौँ | मलेसिया सरकारले आप्रवासी श्रमिकहरुको अनिवार्य कोरोना भाइरस (कोभीड-१९)को परिक्षण  गर्ने भएको छ | विदेशी श्रमिकमा कोभिड १९ को संक्रमण देखिएपछि उनीहरुको परीक्षण गर्ने निर्णय भएको हो |

सरकारी अधिकारीका अनुसार,हाल मलेसियामा १७ लाख भन्दा धेरै विदेशी श्रमिक कार्यरत छन | मलेसियाका बरिष्ठ मन्त्री ईश्माईल साब्री याकोबले विदेशी श्रमिकको अनिवार्य कोभिड परीक्षण गरिने बताएका हुन् |  पहिलो चरणमा क्वालालम्पुर, सेलेंगर, लाबुआन, पेनाङ तथा नेग्री सेम्बीलानमा गरी ८ लाख ८८ हजार ३ सय ४२ जना विदेशी श्रमिकको परीक्षण गर्ने योजना रहेको उनले बताए |

बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्रीले दिएको जानकारी अनुसार, विदेशी श्रमिकलाई राख्ने होष्टल भिडभाडपूर्ण भएमा प्रति श्रमिक ५० हजार रिंगिट जरिवाना रोजगारदातालाई हुनेछ | उनले श्रमिकलाई राख्ने आवासको न्यूनतम मापदण्ड अनुरुपको व्यवस्था लागु गराउन मानव संशाधन मन्त्रालयले कार्य गर्ने स्पस्ट पारे |

यस बिषयमा तपाइको प्रतिक्रिया...!