कोरोना भाइरसका कारण साउदीमा ८८ नेपालीको मृत्यु

Posted on: 27 Nov, 2020

मंसिर १२, काठमाडौँ | विश्वभरी फैलिएको कोरोनाभाइरस (कोभिड-१९)का कारण साउदी अरेबियामा हाल सम्म ८८  जना नेपालीको मृत्यु भएको छ | साउदीस्थित  नेपाली दुतावास  रियाद र वाणिज्य दुतावास जेद्धाका अनुसार, ८८  जना नेपाली कामदारको कोरोना भाइरसबाट मृत्यु भएको हो |

कोभिड १९ को असर लगाएत अन्य  कारणले अलपत्र परेका २०  हजार ३  सय ६  जना  नेपाली चार्टड उडान गरेर स्वदेश फिर्ता भएका छन् | दुतावास  रियाद र वाणिज्य दुतावास जेद्धाको  सहयोगमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नविकरण नगरेका १ हजार २ सय ८८ जना नेपालीलाई वहिर्गमन भिषा  जारी गरेको छ |

त्यस्तै नेपाली दुतावासले पासपोर्ट नविकरणको आवश्यक विवरणसहित  अनलाइन  फारमको व्यवस्था गरेको जनाएको छ | साउदीमा कोरोना भाइरसबाट  हालसम्म ३ लाख ५६ हजार ३ सय ८९ जना  संक्रमित भएका छन् |

बढ्दै गएको कोरोना संक्रमणका कारण उद्योग धन्दा बन्द हुन् थालेपछि  दैनिकरुपमा स्वदेश फिर्ता हुने नेपाली कामदारको संख्या बढ्दै गएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!