कतारमा श्रमिकले रोजगारी फेर्न के गर्ने ? नियमको पालना नगरे एक बर्ष कतार आउँन नपाउने

Posted on: 29 Nov, 2020

मंसिर १४, काठमाडौँ | कतारमा श्रमिकले रोजगारी परिवर्तनका लागि आवेदन दिंदा आफ्नो राजिनामा प्रति पनि समावेश गर्नुपर्ने भएको छ | कतारको श्रम तथा सामाजिक मामिला मन्त्रालयका श्रम मामिलासम्बन्धी सहायक उपसचिव मोहम्मद हसन अल ओबैदलीलेउक्त कुरा बताएका हुन् |

त्यस्तै कामदारले परिवर्तन गर्न खोजेको  नयाँ कम्पनीको अफर लेटरमा हस्ताक्षर र स्टाम्प पनि चाहिने उनले बताए | उनका अनुसार,रोजगार परिवर्तनको आवेदनलाई मन्त्रालयमा पेश गरि  श्रम कानूनको नियम पालना गरि स्वीकार वा अस्विकार गर्न मुल्यांकन गरिने छ | 

 निवेदन प्राप्त भएमा मन्त्रालयले रोजगारदाता र कामदारलाई म्यासेज पठाउनेछ र कामदारले कम्पनी बदल्न खोजेको सूचनाको बारेमा जानकारी दिईनेछ | मन्त्रालयबाट आएको पहिलो म्यासेजले निवेदन पूर्ण स्वीकृत भएको  जनाउने छ | सोहि क्रममा उक्त रोजगारदातालाई निवेदन प्रक्रियामा रहेको जानकारी गराउँने छ र निवेदनको अन्तिम काम नभएसम्म कामदारलाई कम्पनीमै  राखिने छ | 

त्यस्तै रोजगारदाताले म्यासेजमा आएको हटलाइन नम्बर र ईमेल ठेगाना मार्फत कामदारको निवेदन माथी सोधपुछ गर्न पाउने अधिकार रहेको छ | 

श्रमिकले रोजगारी बदल्दा नयाँ कम्पनीको छाप र हस्ताक्षर सहितको अफर लेटर आवश्यक पर्छ | त्यस्तै,दुई वर्ष भन्दा बढी काम गरेको भए दुई महिना र सो भन्दा कम काम गरेको भए एक महिना अगाडी राजीनामा पत्र बनाउनु पर्ने छ | 

नयाँ कम्पनी अफर लेटर, राजीनामा पत्र र करार पत्र लगायत आईडी,राहदानीको कपी सहित काम परिवर्तनको निवेदन भरेर मन्त्रालयको सेवा कार्यालयमा बुझाउनुपर्ने छ | भने  निवेदन अनलाइन र मेट्राश २ एप बाट  पनि दिन सकिने छ |

रोजगारदाता र कामदार दुवै पक्षले सम्झौता पत्र अनुरुप नियम पालना गर्नुपर्छ  | उक्त नियमको पालना नगरे कम्पनीलाई कारबाही हुने र कामदारले देश छोडे एक वर्ष कतार जान नपाउने व्यवस्था छ | त्यस्तै नयाँ कम्पनीले ज्याला रक्षा प्रणाली,श्रम कानूनको नियम पालना गर्नुपर्ने र कामदारलाई काम दिन प्रशस्त काम भएको सुनिश्चित गराउनुपर्नेछ | निवेदन बुझाएको १५ देखि १ महिना भित्र मन्त्रालय बाट स्वीकृति पाइन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!