एसओएस, डिडी ह्युमन र होप इन्टरनेशनल म्यानपावरको सदस्यता खारेज

Posted on: 02 Dec, 2020

मङ्सिर १७, काठमाडौँ | म्यानपावर व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विभिन्न तीन म्यानपावर कम्पनीको सदस्यता खारेज गरेको छ । कतार पुलिसका लागि पठाउन भन्दै सरकारसँग पूर्व स्वीकृतिनै नलिई अन्तर्वाता लिएका ३ म्यानपावर कम्पनीलाई संघले साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गरेको हो । 


कारवाहीमा परेका तीन म्यानपावर कम्पनीहरुमा धापासीमा रहेको एसओएस म्यानपावर, गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स र लाजिम्पाटमा रहेको होप इन्टरनेशनल रहेका छन् । 

वैदेशिक राजेगार विभागले मंसिर ८ र ९ गते ती कम्पनीले गोप्य अन्तर्वाता लिएको सूचनाका आधारमा छापा मारेको थियो । वैदेशिक रोजगार विभागले समेत तीनै म्यानपावर कम्पनीले गैरकानूनी काम गरेको भन्दै ६ महिना निलम्बन गरेको छ । 


कारवाहीमा परेका कम्पनीहरुले मागको पूर्व स्वीकृति बिनै अन्तर्वार्ता लिएको र सो कार्यले समग्र म्यानपावर व्यवसायीहरुलाई नै लज्जीत बनाएको भन्दै संघले साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गरेको जनाएको छ । संघले सदस्यता खारेजको निर्णय गरिसकेको भएपनि सम्बन्धित कम्पनीहरुलाई पत्र पठाउँन बाँकी रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!