Breaking News:वैदेशिक रोजगार विभागद्वारा एकै दिन ३ म्यानपावरमा छापा

Posted on: 04 Dec, 2020

मनोज पराजुली । मङ्सिर १९, काठमाडौं । वैदेशिक रोजगार विभागले एकै दिन ३ म्यानपावरमा छापा हानेको छ । वैदेशिक रोजगारीको लागि भन्दै भिजिट भिसामा श्रमिक विदेश पठाउन लागेको पुर्व सूचना का आधारमा विभागले स्काई अफ ड वर्ल्ड म्यानपावर प्रा. लि, इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि र सुर्खेत ओभरसिज प्रा.लि मा छापा हानेको हो ।

स्काई अफ ड वर्ल्ड म्यानपावरबाट पासपोर्ट, कम्प्युटर लगायत आवश्यक कागजात नियन्त्रणमा लिइएको छ भने इम्पावर ह्युमनबाट पनि आवश्यक कागजात नियन्त्रणमा लिइएको अनुगमनमा खटिएका विभागका एक अधिकृतले साझा सबाललाई जानकारी दिए । 

त्यस्तै अनुगमन टोली नपुग्दै सुर्खेत ओभरसिजका कर्मचारी कार्यालय बन्द गरेर हिडेका स्थानीयले बताएका छन् । सो पश्च्यात विभागको अनुगमनमा खटिएको टोलीले म्यानपावर संचालकलाई तुरुन्त कार्यालय आउन निर्देशन दिएपनि कार्यालय नआएपछि म्यानपावर कार्यालयमा सिल गरिएको अगुमन टोलीमा खटिएका एक अनुसन्धान अधिकृतले जानकारी दिए । सुर्खेत ओभरसिजका संचालक श्याम केशीले भिजिट भिसाको कुनै काम नगरेको साथै कार्यालय बाहिर भएकोले बोलाउने बित्तिकै आउन नसकिएको साझा सवाललाई बताएका छन् । 

भिडिओ सहित थप विवरण केही बेरमा 




यस बिषयमा तपाइको प्रतिक्रिया...!