तपाई विदेशबाट नेपाल आउंदै हुनुहुन्छ ? भर्नुहोस् यो फारम(तरिका सहित)

Posted on: 20 Jan, 2021

माघ ७, काठमाडौँ । विदेशबाट नेपाल आउँदा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको अनलाइन फारम भर्नुपर्ने भएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको नियन्त्रणका लागि यसअघिनै सिसिएम सिले नेपाल आउँदा अनलाइन फारम भर्नुपर्ने व्यवस्था गरेको थियो ।

उक्त फारम भरेपछि व्यक्तिको विवरण र आवागमन बारे सिसिएमसिलाइ जानकारी हुनेछ । उक्त फारम नेपाल आउने हवाई टिकट र कोभिड १९ को पि.सि.आर परीक्षण प्रतिवेदन प्राप्त भएपछि मात्र भर्नुपर्ने छ । हाल नेपाल प्रवेशका लागि ७२ घण्टा भित्रको पिसिआर रिपोर्ट आवश्यक पर्छ ।

फाराम भरेर पूरा गरी पेश  (Submit) गरेपछि ठूलो अक्षरमा नम्वर र वारकोड आउँछ त्यो प्रिन्ट गर्ने वा सो को फोटो खिचेर उक्त प्रिन्ट कपी वा फोटो साथमा राख्नु पर्ने छ ।

  फाराम भर्नको लागि यहाँ क्लिक गर्नुहोस।

यस बिषयमा तपाइको प्रतिक्रिया...!