इजरायल रोजगारमा जान के-के चाहिन्छ योग्यता ? कहाँ दिने आवेदन ? (भिडियो सहित)

Posted on: 21 Jan, 2021

माघ ८, काठमाडौँ | ईजरायलमा केयर गिभरका रुपमा काम गर्नेगरी ५ सय नेपाली पठाउने गरी नेपाल र ईजारायलबीच प्रोटोकलमा हस्ताक्षर भएको छ । विहिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल तथा नेपालका लागि ईजरायली राजदूत खनान गोडेरले हस्ताक्षर गरेका हुन् । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि सो ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर भएको हो ।

वैदेशिक रोजगार बिभागका महानिर्देशक दहालका अनुसार हाल ५ सय नेपालीले ईजरायलमा केयर गिभरको रुपमा रोजगारी प्राप्त गर्नेछन् । अबको ४ महिना भीत्रै कामदार पठाइने महानिर्देशक दहालले साझा सबाल मिडियालाई जानकारी दिए । दहालको अनुसार ३० प्रतिशत पुरुष र ७० प्रतिशत महिला कामदार केयर गिभरको रुपमा इजरायल जान पाउनेछन् । 

बिभागमा महानिर्देशक दहालका अनुसार इजरायल रोजगारीमा नेपाल सरकारको संलग्नतामा श्रमिक पठाइनेछ । यसमा कुनै पनि नीजि क्षेत्रलाई समावेश गरिएको छैन । यसअगाडी ईजरायलमा नेपालीलाई रोजगारीका लागि केयरगिभर लगायतमा खुल्ला भएपनि नीजि क्षेत्रबाट श्रमिक पठाउँदा चर्को रकम असुलिएका कारण ईजरायलले नेपाली श्रमिक लिन रोकेको थियो । 

यसै बिषयमा साझा सबाल मिडियाले महानिर्देशकसँगको कुराकानीको आधारमा भिडियो अन्तर्वार्ता समेत लिएको छ, यस सम्बन्धमा पुरा जानकारी भिडियोमा तल हेर्नुहोस् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!