साउदी स्थित नेपाली दूतावासबाट प्रदान गरिने सेवा सम्बन्धि महत्वपूर्ण जानकारी, कति शुल्क लाग्छ ?

Posted on: 22 Jan, 2021

माघ ९, काठमाडौँ । साउदी स्थित नेपाली दूतावाले दूतावासबाट प्रदान गरिने सेवा सम्बन्धि जानकारी सूचना प्रकाशित गरेको छ । राहदानी नवीकरण, कन्सुलर एवं श्रमसम्बन्धी विविध विषयमा जानकारी लिनको लागि सेवाग्राहीले टेलिफोन एवं अन्य माध्यमबाट दूतावासमा सम्पर्क गरेकाले दूतावासबाट प्रदान गरिने सेवा सम्बन्धि जानकारी सार्वजनिक गरेको हो ।

दूतावासबाट यी सेवाहरु प्रदान गरिन्छन् :

साधारण राहदानी नवीकरण/पाना सिद्धिएको लागि आवश्यक पर्ने कागजातहरु 

१. सक्कल राहदानी. 

२. राहदानीमा आफ्नो फोटो भएको पृष्ठ र पृष्ठ नं. ३१ को फोटोकपी, 

३. नेपाली नागरिकता प्रमाण पत्र (दुवै पृष्ठ एकै पानामा आउने गरी)को फोटोकपी,

४. पाना सिद्धिएकाहरुको हकमा बाहेक हाल कायम राहदानीको म्याद ६ महिनाभन्दा कम भएको हनुपर्ने, 

५. राहदानी आवेदनका लागि व्यक्ति स्वयम् राजदूतावासमा उपस्थित हुनुपर्ने, 

६. राजश्व दस्तूर: साउदी रियाल २०० ।- 

राहदानी हराएको/च्यातिएको/बिग्रेको भएमा

 १. नेपाली नागरिकता प्रमाण पत्र (दुवै पृष्ठ एकै पानामा आउने गरी)को फोटोकपी, 

२. पुरानो राहदानीमा आफ्नो फोटो भएको पृष्ठ र पृष्ठ नं. ३१ को फोटोकपी, 

३. पुलिस रिपोर्ट र रोजगारदाता (कफिल)को सिफारिसपत्र, 

४. व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने, 

५. राजश्व दस्तूर: साउदी रियाल ४०० ॥- 

साउदी अरबमा जन्मिएका नेपाली वच्चाको लागि राहदानीको लागि आवश्यक पर्ने कागजातहरु 

१. वच्चाको बाबुआमा दुवैको नेपाली राहदानी, नागरिकता (दुवै पृष्ठ एकै पानामा आउने गरी), र नेपालमा विवाह दर्तानाता प्रमाणित गरेको प्रमाण पत्रको फोटोकपी

२. कच्चाका लागि साउदी अस्पतालबाट जारी Binh Notification Letter, साउदी परराष्ट्र मन्त्रालयबाट प्रमाणित बच्चाको दर्ताको सक्कल प्रमाण पत्र र यसको फोटोकपी, 

३. राहदानी प्रयोजनार्थ वच्चालाई लिएर अभिभावक स्वयम् उपस्थित हुनुपर्ने,

 ४. राजश्व दस्तूर: साउदी रियाल १०० ।- 

नेपाली सवारी चालक अनुमती पत्र (लाइसेन्स)अनुवादको लागि 

१. नेपालको यातायात व्यवस्था विभागको Online License Verification को प्रिन्ट

 २. राहदानीमा आफ्नो फोटो भएको पृष्ठको फोटोकपी

 ३. नेपाली लाइसेन्सको सक्कल 

४. साउदी अकामाको फोटोकपि 

५. चालक वा सवारी साधनको इन्सुरेन्सको कपि रोजगारदाता कम्पनीको पत्र

साउदी सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को आधारमा नेपाली लाइसेन्स लिनेहरूका लागि 

१. साउदी लाइसेन्स अंग्रेजी अनुवादन गरी Chamber of  र साउदी परराष्ट्र मन्त्रालयको प्रमाणीकरण छाप लागेको सक्कल र कपि, 

२. साउदी ईकामा कपि तथा साउदी सवारी साधन अनुमतिपत्रको सक्कल र कपि

३. राजश्व दस्तूर: साउदी रियाल १५० ।- 

साउदी अरबमा परिवार ल्याउनु परेमा 

१. नेपाली नागरिकता (दुवै पृष्ठ एकै पानामा आउने गरी), र राहदानीमा आफ्नो फोटो भएको पृष्ठको 

२. नेपालमा विवाह दर्तानाता प्रमाणित प्रमाण पत्रको फोटोकपी, फोटोकपी

३. निवेदकको ईकामा र साउदी सरकारद्वारा निवेदकको परिवारलाई उपलब्ध भिषा स्वीकृतिको फोटोकपी

४. राहदानीमा नेपालस्थित साउदी राजदूतावासद्वारा जारी भिषा स्टिकरको फोटोकपी

५. राजश्व दस्तूर: साउदी रियाल ४० ।- 

साउदी परिचय पत्र (इकामा) नभएका वा नबनाइएकाहरुको बहिर्गमन भिषा (Exit visa) का लागि 

१. राहदानीमा आफ्नो फोटो भएको पृष्ठको फोटोकपी

२. साउदी सरकारले जारी गरी म्याद सकिएको ईकामा वा इकामा नबनेकाको हकमा border number को फोटोकपी

३. व्यक्तिगत मोबाइल नम्बर 

४. इकामाको म्याद सकिएको तीन महिना भए पछिमात्र 

४. साउदी अरबमा काम गरेर स्वदेश फर्केका वा साउदीबाट वहिर्गमन भइसकेकाकहरुले साउदी अरबमा रहेको आफ्नो व्यक्तिलाई प्रतिनिधि तोकेर Power of Attorney दिनुपर्नेछ । राजदूतावासले यसरी Power of Attorney दिइएका व्यक्तिको नाम समावेश गरी यहांको सम्बन्धित निकायलाई पत्र लेख्ने छ। उक्त पत्रलाई साउदी विदेश मन्त्रालयको कन्सुरलर कार्यालयबाट प्रमाणिकरण गरेर च्याम्बर गरी सम्बन्धित प्रहरी कार्यालय (Police Station) मा पेश गर्नुपर्नेछ । Police Station ले Police Clearance जारी गर्नेछ। Police Clearance नेपाली राजदूतावासले जारी गर्ने कागजात होइन। 

५. राजश्च दस्तुरः साउदी रियाल १९०। 

निजी कामदारका रूपमा कार्यरतले पुनः साउदी अरब फर्कने (worker re-entry) कागजातको लागि

 १. राहदानीमा आफ्नो फोटो भएको पृष्ठको फोटोकपी

२. कामदार र रोजगारदाता (कफिल) दुवैको साउदी ईकामाको फोटोकपी 

३, कामदार र रोजगारदाताले हस्ताक्षर गरेको रोजगार सम्झौता पत्र (Employment Contract)

४. राजश्व दस्तूर साउदी रियाल १५० ।- 

५. कम्पनीमा कार्यरत व्यक्तिहरु re-entry वा vacation मा जांदा राजदूतावासबाट यो कागजात लिनु नपर्ने ।

राहदानी र साउदी ईकामामा विवरण फरक परेमा राजदूतावासले दिने सिफारीशका लागि 

१. साउदी अध्यागमन (जवाजात)मा विवरण सच्याउन राजदूतावासबाट Arabic वा English मा स्िफारीश पत्र जारी गरिन्छ।

 २. पुरानो राहदानी र नागरिकताको फोटोकपी 

३. ईकामाको फोटोकपी 

४. राजश्व दस्तूर: साउदी रियाल ४० ।- 

अधिकृत वारेशनामा/बैक ग्यारेण्टी/मञ्जुरीनामाका लागि 

१. अधिकृत वारेशनामा दिने व्यक्तिको नागरिकताको फोटोकपी 

२, अधिकृत वारेशनामा लिने व्यक्तिको नागरिकताको फोटोकपी

३. सक्कल राहदानी

४. इकामाको फोटोकपी 

५. अधिकृत वारेशनामा दिने व्यक्तिको हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो

६. जगगा बिक्री गर्ने अधिकृत बारेशनामाका लागि सक्कल जम्मा धनी प्रमाणपूज्जा (लालपूजा)

७, सम्बन्ध बिच्छेद गर्ने अधिकृत वारेशनामाका लागि बिवाह दर्ता प्रमाणपत्रको सक्कल वा फोटोकपी 

८. अन्य सम्पत्ति (जस्तै: मोटरसाइकल) बिक्री गर्ने अधिकृत वारेशनामाका लागि उक्त सम्पतिको स्वामित्वको सक्कल प्रमाणपत्र 

९. राजश्व दस्तुरः अधिकृत वारेशनामाको लागि सा. रि. ३७५, बैंक ग्यारेण्टीको सा. रि. १९०, मञ्जुरीनामाको लागि सा. रि. १५०।-

१०. अधिकृत बारेशनामा बनाउनका लागि माथिका कागजात सहित अधिकृत वारेशनामा दिने व्यक्ति स्वयं राजदूतावासमा अनिवार्य उपस्थित हुनुपर्नेछ

११. अधिकृत वारेशनामाको कागजात राजदूतबाट मात्र प्रमाणित हुने भएकाले राजदूतावासमा टेलिफोन गरी आफु आउने दिन निश्चित गरेर मात्र आउनु पर्नेछ।

साउदी शैक्षिक संस्थाका कागजातहरू प्रमाणिकरण गर्न

१. नेपाली नागरिकता प्रमाण पत्र (दुवै पृष्ठ एकै पानामा आउने गरी)को फोटोकपी

२. राहदानीमा आफ्नो फोटो भएको पृष्ठ को फोटोकपी

३. सक्कल राहदानी, ४. साउदी परिचय पत्र (इकामा)को फोटोकपी

५. सम्बन्धित कागजात साउदी परराष्ट्र मन्त्रालयबाट प्रमाणित हुनुपर्ने

६. राजश्व दस्तूर: साउदी रियाल १५० ।-

 (प्रति कागजात)। नेपालको विवाह दर्ता प्रमाणपत्र (Marriage Registration Certificate) लाई राजदूतावासबाट अनुवाद गर्न 

१. स्थानिय पब्जिकाधिकारीबाट जारी भई स्थानिय तहको कार्यकारी अधिकृतबाट प्रमाणित विवाह दर्ता प्रमाणपत्र (Marriage Registration Certificate)

२. श्रीमान श्रीमती दुवैको नेपाली नागरिकता प्रमाण पत्र (दुवै पृष्ठ एकै पानामा आउने गरी)को फोटोकपी

३. श्रीमान श्रीमती दुवैको साउदी परिचय पत्र (ईकामा) र राहदानीमा आफ्नो फोटो भएको पृष्ठ को फोटोकपी

 ४. राजश्व दस्तूरः साउदी रियाल १५० ।-

यस बिषयमा तपाइको प्रतिक्रिया...!