म्यानपावरको आन्दोलनमा कांग्रेस निकट व्यवसायी मात्रै, नेकपा निकट व्यवसायीद्वारा बहिस्कार

Posted on: 24 Jan, 2021

माघ ११, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले एकलौटी तवरले आन्दोलन घोषणा गरेको भन्दै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच नेपालले आपत्ति जनाएको छ । व्यवसायी संघले आम व्यवसायीलाई नै जानकारी नदिई प्रेस विज्ञप्त्ती जारी गर्दै आन्दोलन घोषणा प्रति मंचले आपत्ति जनाउंदै आन्दोलन नै बहिस्कार गरेको छ ।


म्यानपावर व्यवसायीले आफ्ना २१ बुंदे माग सम्बोधन नगरेको आज भन्दै वैदेशिक रोजगार विभाग घेराउ गर्दै आन्दोलन शुरु गरेका छन् । तर उक्त आन्दोलन गर्नुपूर्व आम व्यवसायीलाई नै जानकारी नदिई छलफल बिना नै आन्दोलन भएको प्रति नेकपा निकट म्यानपावर व्यवसायीले अनविज्ञता व्यक्त गरेका छन् । संघका निवर्तमान अध्यक्ष तथा नेकपा निकट व्यवसायी रोहन गुरुङले व्यावसायीको आन्दोलन बारे जानकारी नभएको साझा सवाललाई बताए । संघका निवर्तमान महासचिव सरोज पोखरेल, संघका पुर्व महासचिव नरेश गेलानले पनि जानकारी नभएको बताएका छन् । 


सामुहिक रुपमा सबै व्यवसायी मिलेर डेलिगेसन जाउँ, समस्या समाधानका लागी अल्टिमेटम दिउँ भन्ने थियो तर बुझ्दै नबुझी एकैचोटी आन्दोलनमा जाने कुरा बारे आफुहरुसंग छलफल गरिएन प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच नेपालका संयोजक रामप्रसाद भान्त्वनाले साझा सबालासंग भने "समस्या समाधानका लागि पहिले संवाद र संवादबाट समस्या समाधान हुन नसके मात्र आन्दोलनमा जानुपर्ने मंचको मान्यता रहेको छ ।" विभागबाट समस्या समाधानका लागि पहल गर्ने, विभागबाट नभए श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गर्ने त्यति गर्दा पनि मागहरु समबोधन नभए मात्र अन्तिम विकल्प चरणवद्ध आन्दोलन गर्नुपर्ने मंचको मान्यता रहेको भान्त्वनाले बताए । वैदेशिक रोजगार व्यवसायीका समस्या बारे भोलि (सोमबार) मंचले छुट्टै रुपमा विभागका महानिर्देशकको ध्यानाकर्षण गराउने उनले बताए ।  व्यवसायी संघको अहिलेको कार्यसमितिमा कांग्रेस निकट व्यवसायी मात्रै छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!