विभागद्वारा १८ म्यानपावर कम्पनीको आकस्मिक अनुगमन, कुन कम्पनीलाई के कारवाही भयो ? (बिवरण सहित)

Posted on: 25 Jan, 2021

मनोज पराजुली । माघ १२, काठामाडौं । वैदेशिक रोजगार विभागले गत मङ्सिर र पुस महिनामा १८ म्यानपावर कम्पनीको आकस्मिक अनुगमन गरेको छ । अवैध अन्तरबार्ता लिएका, भिजिट भिसाको कारोबार र बढी रकम लिण लागेको भन्दै  विभागमा प्राप्त उजुरीका आधारमा १८ म्यानपावर कम्पनीको अनुगमन गरेको छ ।

गत मङ्सिर महिनामा १० र पुस महिनामा ८ कम्पनीको अनुगमन गरेको विभागले जनाएको छ । कतार पुलिसको अवैध अन्तर्वार्ता लिएका डी.डी हयुमेन रिसोर्सेस प्रा.लि., एस ओ एस  म्यानपावर सर्भिसेज र  होप इन्टरनेशनल प्रा.लि.को आकस्मिक अनुगमन गरि हाल कारोबार रोक्का राखेको छ । भिजिट भिसाका कारोबार गरेको गुनासाका आधरमा एच.म.टि.ओभर्सिसको अनुगमन गरि कारोबार रोक्का राखेको थियो भने हाल कारोबार फुकुवा गरेको विभागले जनाएको छ । स्काई. अफ. द वर्ल्डमा अनुगमन क्रममा केहि नभेटिएको, स्काई ब्लु इन्टरनेशनलमा अगुगमन पश्च्यात कामकाज रोक्का(हाल फुकुवा), सुर्खेत ओभरसिसको अनुगमन गरि हाल कारोबार रोक्का गरिएको विभागले जनाएको छ । 


त्यस्तैगरी ओम ओभर्सिस प्रालिको कामकाज रोक्का(हाल फुकुवा), अन्नपूर्ण इन्टरनेशनल प्रा.लिको कामकाज रोक्का (हाल फुकुवा) गरिएको विभागले जनाएको छ ।  अवैध अन्तर्वार्ता लिएको गुनासाको आधरमा प्याराडाइज इन्टरनेशनल प्रा. लिको अनुसन्धान भईरहेको तर कारोबार फुकुवा गरिएको विभागले जनाएको छ । अवैध अन्तर्वार्ता लिएको गुनासाको आधरमा सलामानी ओभरसिज प्रा.लि, अल आक्समास प्रा. लि. लिंक इन्टर्नेशनल प्लेसमेन्ट प्रा. लि मा गरिएको अनुगमनका क्रममा केहि नदेखिएको विभागले जनाएको छ । भिजिट भिसाको काम गरेको गुनासोका आधारमा अर्किड ओभरसिज  प्रा. लि र बेबिस्टार इन्टर्नेशनल प्रा. लि. अनुगमन गरि कारोबार रोक्का गरिएको विभागले जनाएको छ । अनुगमनको क्रममा  भिजन एण्ड भ्यालु ओभरसिजको बारे बढी रकम लिएको गलत उजुरी परेकाले कुनै कारवाही नभएको विभागले जनाएको छ । त्यस्तै गरि बढी रकम लिएको उजुरीका आधारमा मनासुलु इन्टर्नेशनल प्रा. लिलाई एक लाख जरिवाना साथै कारोबार रोक्का(हाल फुकुवा) र ग्रोथ प्रोसेस इन्टर्नेशनल प्रा .लिलाई एक लाख ५० हजार जरिवाना गरि कारोबार रोक्का (हाल फुकुवा) गरिएको विभागले जनाएको छ । यी २ कम्पनी बाहेक अन्य म्यानपावर कम्पनीलाई आर्थिक जरिवाना भने नगरिएको विभागले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!