कतार पुलिस : वैदेशिक रोजगार विभागद्वारा कल्याण सेक्युरिटीमा छापा

Posted on: 25 Jan, 2021

माघ १२, काठमाडौँ । बैदेशिक रोजगार विभागले काठमाडौँको सिनामंगल स्थित कल्याण सेक्युरिटी सर्भिस प्रालिमा छापा हानेको छ । भारतको बाटो हुँदै अवैध रुपमा कतार प्रहरीमा नेपाली युवाहरुलाई पठाउन अन्तर्वार्ता लिएको सूचनाको आधारमा विभागले छापा हानेको हो ।

No description available.

पछिल्लो समय सिनामंगलको कल्याण सेक्युरिटीबाट कतार जानको लागि दर्जनौं युवाहरुले कागज पत्र पेस गरेको खुलेको छ । नेपालको श्रम नीतिलाई ठाडै चुनौती दिएर नेपाली युवालाई भारतको बाटो हुँदै अबैध रुपमा कतार पुलिसमा पठाउन लागिएको पाइएको हो । 

No description available.

म्यानपावर कम्पनीमा अन्तरवार्ता लिँदा छापा मार्ने क्रम बढेपछि व्यवसायीले सेक्युरिटी कम्पनीहरुमा अन्तरवार्ता लिन सुरु गरेको भेटिएको हो । यसअघि विभागले कतार पुलिसको अवैध अन्तर्वार्ता लिनमा संलग्न बिभिन्न तीन म्यानपावर कम्पनीमा विभागले छापा हानेको थियो ।

No description available.

यो पनि पढ्नुहोस ..

नेपालबाट कतार पुलिसमा लान नपाएपछि भारतको बाटो, क-कसको भागमा पर्छ १२ देखि १५ लाख ?


म्यानपावर आन्दोलन : माग सुनुवाई नगरे विभागका महानिर्देशक सरुवा गरिदिने व्यवसायीको चेतावनी

यस बिषयमा तपाइको प्रतिक्रिया...!