कतार प्रहरी अन्तर्वार्ता प्रकरण : श्रममन्त्रीद्वारा एसओएस म्यानपावरको कारवाही फुकुवा (पत्रसहित)

Posted on: 25 Jan, 2021

मनोज पराजुली । माघ १२, काठामाडौं । कतार प्रहरीका लागि भन्दै गैरकानुनी रूपमा अन्तर्वार्ता लिएर श्रमिक पठाउन खोज्ने एसओएस म्यानपावरको कारबाही श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुकुवा गरिदिएका छन् । मङ्सिर ८ गते वैदेशिक रोजगार विभागले डिमाण्डको पुर्व स्वीकृति नलिई अवैध रूपमा कतार प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेको अवस्थामा एसओएसमा  छापा मारेको थियो ।

उक्त म्यानपावरले वैदेशिक रोजगार ऐन, २०६४ विपरीत कतार प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेको तथ्य विभागले छापा मार्ने क्रममा भेटेपछि ६ महिनाका लागि कारोबार रोक्का  गरेको थियो । तर विभागको उक्त निर्णयलाई श्रममन्त्री चौधरीको मन्त्रीस्तरको निर्णयले उल्ट्याइदिएका हुन् । आर्थिक चलखेलका आधारमा कारवाही फुकुवा गर्ने निर्णय भएको वैदेशिक रोजगार विभाग श्रोतले बताएको छ ।

"वैदेशिक रोजगार विभागबाट मिति २०७७/०८/०८ मा खटिएको आकस्मिक अनुगमन टोलीले तयार गरेको खानतलासी तथा बरामदी मुचुल्कामा उल्लेख भए बमोजिम इजाजतपत्र प्राप्त संस्था एस.ओ.एस. मेनपावर सर्भिसे ज प्रा. लि. ले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १५ र १६ बिपरित काम कारवाही गरेको पष्टपाई हुने कागजात/प्रमाण बरामद भएको नदेखिएको साथै वैदेशिक रोजगार विभागबाट मिति २०७७/८/८ मा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ को उपदफा (७) बमोजिम उक्त संस्थाको हाल ६ महिनाको लागि सम्पूर्ण काम कारवाही निलम्बन गर्ने गरी भएको निर्णय प्राकृतिक न्यारके निद्धान्त विपरित एवं कानून सम्मत भएको नदेखिंदा विभागबाट मिति २०७७/८/८ मा गरिएको उक्त निर्णय बदर गरी एस.ओ.एस.म्यानपावर सर्भिस प्रा.लि.ले नियमित काम कारवाही गर्न पाउने निर्णय गरिदिएँ । वैदेशिक रोजगार विभागबाट प्राप्त भएको सक्कल मिसिल विभागमा फिर्ता गरिदिनु र अन्य व्यहोरा कानून बमोजिम गर्नु ।" मन्त्री चौधरीले गरेको निर्णयमा भनिएको छ ।

हेर्नुहोस् निर्णय 




यस बिषयमा तपाइको प्रतिक्रिया...!