ओमानमा रहेका नेपालीहरुका लागि जरुरी सूचना

Posted on: 28 Jan, 2021

माघ १५, काठमाडौँ । ओमानमा रहेका नेपालीहरुलाई त्यँहा स्थित नेपाली दूतावासले ओमान सरकारले जारीगरेका निर्देशनहरू पालना गर्न भनेको छ । कोरोना भाइरसको संक्रमण फैलिंदै गईरहेकाले आवश्यक सतर्कता अपनाउन दूतावासले आग्रह गरेको हो । 

ओमान सरकारको कोरोनाभाइरसको अनुगमन/ मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको 27 जनवरी 202१ को निर्णयानुसार सामुहिकरूपमा भेला हुने तथा सामाजिक कार्यहरूमा जमघट हुने कार्यमा पूर्णरूपमा प्रतिबन्ध लगाईएको छ ।

दूतावासले सूचना जारी गर्दै ओमान सरकारका स्वास्थ्य निर्देशनको पालना गर्न र सतर्कता अपनाउँन भनेको हो । दूतावासले जारी गरेको सूचनामा भनिएको छ,'नेपाली दूतावास ओमान यहाँ रहनुहुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरूलाई पर्याप्त मात्रामा सामाजिक दुरी कायम गर्न एवम् यस भाइरसको संक्रमणबाट जोगिन रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न अपिल गर्दछ।'

यसबारे थप केही बुझ्न परेमा दूतावासको सम्पर्क नं 24696177/24696883 वा हटलाईन 71592490 मा सम्पर्क गर्न  दूतावासले अनुरोध गरेको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-19)को महामारी हाल सम्म नियन्त्रणमा आएको छैन् । 

ओमान लगायत प्रायः देशहरूले यसको रोकथामको लागि भ्याक्सिनको प्रयोग गर्न शुरू गरिसकेका छन् भने अर्कोतिर विभिन्न मुलुकहरूमा यस भाइरस उत्त्परिवर्तित (mutant) स्वरूपहरूमा फेला परिरहेको र यि अझ बढी संक्रामक रहेको अनुसन्धानहरूले देखाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!