साउदी स्थित दूतावास द्वारा मागपत्र प्रमाणीकरण स्थगित

Posted on: 02 Mar, 2021

फागुन १८, काठमाडौँ । साउदीको लागि माग पत्र प्रमाणिकरणको कार्य केही दिन स्थगित गरिएको छ । सोमबार साउदी स्थित नेपाली दूतावासले केही दिनको लागि माग पत्र प्रमाणिकरण कार्य स्थगित गरिएको जनाएको हो ।

प्रमाणिकरण भएर राजश्व भुक्तानी भइसकेका मागपत्रहरूलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ठ (अनलाइन) गर्नुपर्ने भएकाले मागपत्र प्रमाणिकरणको कार्य २ देखि १० मार्च २०२१ सम्मका लागि स्थगित गरिएको दूतावासले जनाएको छ ।

मागपत्र प्रमाणिकरण भइसकेका तर राजश्व भुक्तानी गर्न बाँकी रहेका रोजगारदाता कम्पनीहरुले राजश्व भुक्तानी गरी आफ्ना प्रमाणित कागजात लैजान दूतावासले अनुरोध गरेको छ ।

No photo description available.

यस बिषयमा तपाइको प्रतिक्रिया...!