अब यी ७ देशबाट हुनेछन् नियमित उडान, एक सातामा दुई हजार आउन पाउने

Posted on: 17 Jun, 2021

असार ३, काठमाडौँ | सरकारले नेपाली श्रमिक धेरै संख्यामा रहेका मुलुकहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको सीसीएमसीको बैठकलेले यस्तो निर्णय गरेको हो ।

सरकारको निर्णय अनुसार टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाका लागि हवाई उडान पुनः संचालन हुनेछ । यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् ।

उडान खोल्ने सम्बन्धि सरकारको निर्णय असार ८ गतेदेखि कार्यान्वयनमा आउने बताइएको छ । 


क्वारेन्टाइनमा बस्न नसक्नेलाई सरकारले १० दिनको खर्च दिने

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ । 

यसै गरी गैरआवासीय नेपालीहरूबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोगस्वरूप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!