६५१ म्यानपावरले ६१ हजार ४२८ श्रमिक विदेश पठाए, कुन म्यानपावरले कति ? (विवरणसहित)

Posted on: 19 Jul, 2021

मनोज पराजुली । साउन ४, काठमाडौँ । गत आर्थिक वर्ष (२०७७/७८) मा म्यानपावर कम्पनी मार्फत ६१ हजार ४२८ जना वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगार विभागको गत आर्थिक वर्षको वार्षिक श्रम स्वीकृति विवरण अनुसार ६ सय ३ म्यानपावर कम्पनी मार्फत ५५ हजार ८७९ पुरुष र ५ हजार ५४९ जना महिला गरि कुल ६१ हजार ४२८ जना वैदेशिक रोजगारीका लागि विदेश गएका हुन् ।

वैदेशिक रोजगारीमा श्रमिक विदेश पठाउन २ करोड धरौटी राखेर इजाजतपत्र लिएका २ सय ५१ म्यानपावर कम्पनीले गत वर्ष एक जना पनि श्रमिक विदेश पठाउन नसकेको पाइएको छ । हाल संचालनमा रहेका ८ सय ५४ म्यानपावर कम्पनी मध्ये २ सय ५१ म्यानपावर कम्पनीले गत वर्ष एक जना पनि श्रमिक विदेश पठाउन नसकेका हुन् । गत वर्ष २ हजार भन्दा बढी श्रमिक विदेश पठाउने २ म्यानपावर कम्पनी मात्र रहेका छन् । 

११ म्यानपावरले ५ सय कटाए 

गतवर्ष २५ म्यानपावर कम्पनीले १ जना, १५ म्यानपावरले २ जना, १७ म्यानपावरले ३ जना १६ म्यानपावर कम्पनीले ४ जना मात्रै श्रमिक विदेश पठाएका छन् । ४ सय १७ म्यानपावर कम्पनीले १ सय भन्दा कम संख्यामा श्रमिक विदेश पठाउन सकेका छन् । गत वर्ष ११ म्यानपावर कम्पनीले मात्र ५ सय भन्दा बढी संख्यामा श्रमिक विदेश पठाऊन सकेका छन् । त्यस्तै ४ सय २० म्यानपावर कम्पनीले ५ सय भन्दा कम संख्यामा मात्र श्रमिक विदेश पठाउन सकेको विभागको तथ्यांकले देखाएको छ । गत वर्ष एक हजार भन्दा बढी श्रमिक विदेश पठाउने म्यानपावर संख्या ९ रहेको छ । 

टप २० म्यानपावर कुन कुन ? 

२ हजार ४ सय ४७ पुरुष र ४७ महिला गरि कुल २ हजार ४ सय ९४ जना कामदार विदेश पठाएर एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. लि म्यानपावरको सूचीमा पहिलो नम्बरमा परेको छ । एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. लि पहिलोपटक ८५४ म्यानपावर कम्पनी मध्ये कामदार विदेश पठाएको संख्याको आधारमा एक नम्बरमा परेको हो । त्यस्तै २ हजार १७२ जना विदेश पठाएर शान नेपाल प्रा. लि दोश्रो नम्बरमा परेको छ । यी दुई म्यानपावर कम्पनीले उल्लेख्य संख्यामा कतारमा कामदार पठाएर पहिलो र दोश्रोमा परेका हुन् । 

संख्याका आधारमा तेश्रोमा स्काई स्टार रिक्रुटमेन्ट प्रा. लिले १ हजार ४६२ जना कामदार विदेश पठाएको छ  । एक हजार ४४५ कामदार विदेश पठाएर प्याराडाइज इन्टर्नेशनल प्रा. लि. संख्याका आधारमा चौंथो नम्बरमा परेको छ । पाचौं नम्बरमा रहेको एसओएस म्यानपावर सर्भिसले १ हजार ४२९ र पाचौंमा रहेको भिजन एण्ड भ्यालू ओभरसिज प्रा. लिले १ हजार ३५५ जना कामदार विदेश पठाएका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा पहिलो नम्बरमा रहेको द रिभर ओभरसिज यस पटक सातौँ नम्बरमा पुगेको छ । रिभरले गत वर्ष १ हजार ३१० जना मात्रै विदेश पठाउन सकेको छ । आठौँ नम्बरमा अक्सफोर्ड इन्टर्नेशनल प्रा. लि ले १ हजार २३३, नवौं नम्बरमा रहेको एल समिट म्यानपावर प्रा. लिले १ हजार १३९ र दशौँ नम्बरमा रहेको इन्टर्नेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा. लि. ले ९ सय २० जना मात्रै कामदार विदेश पठाएको छ । 

सूचीको एघारौं नम्बरमा रहेको लक्की एचआर सोलुसन प्रा.लि.ले ७ सय ३७ जना कामदार पठाएको छ । त्यस्तै सूचीको बाह्रौं नम्बरमा रहेको मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्सी प्रा.लि.ले ६ सय ९२ जना कामदार पठाएको छ । तेह्रौं नम्बरमा रहेको फजल इन्टरनेशनल प्रा.लि.ले ६ सय ४६ जना, चौधौं नम्बरमा रहेको सपोर्ट ह्युमन रिसोर्स प्रा.लि.ले ६ सय ५ जना, पन्ध्रौं नम्बरमा रहेको अल आक्स्माक्स प्रा.लि.ले ५ सय ७५ जना कामदार विदेश पठाएको छ । 

सोह्रौ नम्बरमा रहेको ट्यालेन्ट ओभरसीज सर्भिसले ५ सय ६९ जना, सत्रौं नम्बरमा रहेको अल जारफा ह्युमन रिसोर्स कन्सल्टयान्सीले ५ सय ३० जना, अठारौं नम्बरमा रहेको बेस्ट रिक्रुटमेन्ट सर्भिसले ५सय २६ जना, उन्नाइसौं नम्बरमा रहेको वाहा म्यानपावर सप्लायर्स प्रा.लि.ले  ५ सय २० जना र  बिसौं नम्बरमा रहेको नाइस रिक्रुटमेन्ट एजेन्सी प्रा.लि.ले ४ सय ४ जना कामदार विदेश पठाएको छ ।

हेर्नुहोस् कुन म्यानपावरले कति पठाए विदेश














यस बिषयमा तपाइको प्रतिक्रिया...!