युएईद्वारा नेपाल सहित १६ देशका नागरिकलाई जुलाई २१ पछि पनि प्रतिबन्ध !

Posted on: 20 Jul, 2021

साउन ५, काठमाडौँ | बिभिन्न १६ देशबाट युएई प्रवेश गर्न चाहने बिदेशी यात्रुहरुलाई अर्को सूचना नभएसम्म यात्रा प्रवेशमा निषेधनै गरिएको युएईको सामान्य नागरिक उड्डयन प्राधिकरण (जीसीएए) ले जनाएको छ । 

युएईले यस अघि प्रतिबन्ध लगाएका मुलुकहरुमा नेपाल सहित अफगानिस्तान, बंगलादेश, प्रजातान्त्रिक गणतन्त्र कंगो, भारत, इन्डोनेसिया, लाइबेरिया, नामिबिया, नाइजेरिया, पाकिस्तान, युगान्डा, सियरा लियोन, दक्षिण अफ्रीका, श्रीलंका, भियतनाम र जाम्बिया रहेका छन् ।

आइतबार जारी गरिएको नयाँ सुरक्षा निर्णय सर्कुलरमा प्राधिकरणले यसभन्दा अघि जारी गरिएको प्रतिबन्धलाई अझै यथास्थितिमै कायम राखेको छ । निर्देशन अनुसार कोभिड-१९ महामारीको अवस्था हेरेर युएईले उडान र यात्रीहरूको प्रतिबन्धको सम्बन्धमा अवस्था हेरेर आवश्यकता अनुसार नयाँ निर्णय लिने भनिएको छ । गत शुक्रबार इतिहाद एयरवेजले आफ्नो उडानहरू जुलाई ३१ सम्म स्थगित रहने जनाएको थियो । 

प्राधिकरणले कूटनीतिज्ञहरू र चिकित्सा सम्बन्धित व्यक्तिहरूलाई प्रतिबन्धित जुनसुकै देशबाट युएई जाँदा भने प्रवेशमा प्रतिबन्ध लगाउने छैन । युएईका नागरिकहरू, कूटनीतिज्ञहरू, गोल्डन र सिल्वर रेसिडेन्सी भिसा धारकहरूलाई मात्र प्रवेश अनुमति दिने निर्णयमा छ । युएईले निजी चार्टर उडानबाट युएई जाँदा प्रति उडान ८ जना भन्दा बढीले यात्रा गर्न नपाउने समेत जनाएको छ । 

नेपालको श्रम गन्तव्य देशहरु मध्ये एक महत्वपूर्ण गन्तव्य युएईले यात्रामा प्रतिबन्ध लगाएको कारण युएईमा रोजगारको लागि जाने हजारौं नेपालीहरु प्रतिबन्ध खुल्ने आशामा बसेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!