साउदी जान नयाँ व्यवस्था, कसरी भर्ने आवेदन फर्म ?

Posted on: 25 Jul, 2021

साउन १०, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरब जाने कामदारहरुलाई अराइभल रजिष्ट्रेशन फारम भर्न आग्रह गरेको छ । संघका महासचिव सुजितकुमार श्रेष्ठले एक सूचना जारी गर्दै फारम भर्न आग्रह गरेका हुन् ।

साउदी जाने कामदारले https://muqeem.sa/#/vaccine-registration/home मा गई फारम भर्ने र प्रिन्ट गरी आफैले बोक्नु पर्ने संघले जनाएको छ । साथै साउदी अरब जाने कामदारहरुसँग अनिवार्य स्मार्ट मोबाइल फोन हुनु पर्ने र फोनको प्लेस्टोर वा आइएसओमा गई साउदीको कोभिड-१९ केएसए एप डाउनलोड गर्नुपर्ने महासिचव श्रेष्ठले सूचनामार्फत जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!