वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई

Posted on: 12 Sep, 2021

भदौ २७, काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएका छन् ।  समाजको आइतबार सम्पन्न १२औं साधारणसभाले आगामी २ वर्षका लागि उद्धवराज भट्टराईको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो ।


भट्टराई यसअघि समाजका बरिष्ठ उपाध्यक्ष रहेका थिए ।  नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे र कोषाध्यक्षमा मनुका कुँवर निर्विरोध चयन भएका छन् । यस्तै सदस्यमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाई चयन भएका छन् ।

समाजको सल्लाहकारमा मदनकुमार श्रेष्ठ, रुद्र खडका, मधुजंग पाण्डे, रामजी बगाले र घनश्याम आचार्य चयन भएका छन् । १२ औँ वार्षिक साधारण सभा तथा वार्षिकोत्सवको अवसरमा समाजले प्रकाशन गरेको स्मारिका ‘श्रम तथा आप्रवासन’समेत विमोचन गरिएको छ ।

वैदेशिक रोजगार पत्रकार समाज श्रम तथा वैदेशिक रोजगारीको क्षेत्रमा कलम चलाउने संचारकर्मीको साझा संस्थाको रुपमा विगत १३ वर्षदेखि क्रियाशिल रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!