नेपालीलाई मलेसिया रोजगारी खुल्यो, यस्ता छन् पुरा गर्नुपर्ने प्रकृयाहरु

Posted on: 22 Sep, 2021

असोज ६, काठमाडौं। श्रमिकको अभाव भएपछि मलेसियाले केहि संख्यामा विदेशी श्रमिक लिने निति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान पाउने भएका छन् । यो निर्णय तत्काल देखि लागु हुने नेपाल स्थित मलेसियाली दूतावासले जनाएको छ ।

दूतावासले एक विज्ञप्ती जारी गर्दै कोभिड १९ को संक्रमण फैलिन नदिन केहि विशेष प्रावधानहरु भने लागु हुने स्पष्ट पारेको छ । मलेसिया जान चाहनेहरुले मलेसियाली अध्यागमन कार्यालयको माइ ट्राभल पास/माई ईन्ट्री (https://www.imi.gov.my) मार्फत दर्ता हुनु पर्नेछ ।

यसैगरी मलेसिया जान चाहनेहरुका लागि मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने, कोभिडको परीक्षण गरिएको नेगेटीभ रिपोर्ट साथमा हुनुपर्नेछ ।

यसैगरी मलेसिया पुगेपछि तोकिए अनुसार क्वारेण्टीनमा बस्नुपर्नेछ । भिसा लगायतका विषयमा कुनै कुरा बुझ्नु परेमा [email protected] मा ईमेल गरेर तथा ०१ ५४४५६८९ मा फोन गरेर बुझ्न सकिने दूतावासले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!