युएईको एक कम्पनीले माग्यो नेपाली कामदार, मासिक तलब कति ?

Posted on: 25 Sep, 2021

असोज ९, काठमाडौं। युएईको एक कम्पनीले धेरै सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ। युएईको सरजाह सहरमा रहेको एक कम्पनीले ४२४ जना नेपाली कामदारको माग गरेको हो।

सरजाह सहरमा रहेको apleona sam facilities manacement llc (SANED)कम्पनीले ३७८ पुरुष र ४६ महिला गरि जम्मा ४२४ जना नेपाली पुरुष महिला कामदारको माग गरेको हो। न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्नेछ। कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ। करार अवधि २ वर्षे रहेको छ। कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन्। 

कामदारले तलब खान बस्ने सहित ५१ हजार माथि पाउनेछन्। इच्छुक कामदारले al secure manpower recruitment p.ltd.को कार्यालय सिनामंगल काठमाडौंमा असोज १५ गते अन्तरवार्ता दिनु पर्ने छ।स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ।  

डिमाण्ड हेर्नुहोस् <CLICK HERE> 

यस बिषयमा तपाइको प्रतिक्रिया...!