कतारले परिवर्तन गर्‍यो यात्रा नीति, अब कतार जानेलाई अझै सहज

Posted on: 26 Sep, 2021

असोज १०, काठमाडौँ | कतारले आफ्नो देशमा आउने बिदेशीहरुलाई लागु हुने यात्रा नीति परिवर्तन गरेको छ । कतारको नयाँ नीति अनुसार खोप लगाएर आएपनि विदेशी पर्यटकहरुले अनिवार्य दुई दिन होटल क्वारेन्टाइन बस्नुपर्ने नियम सहितको नीति लिएको छ ।

कतार सरकारको नयाँ नीतिसँगै अब खोप लगाएकाहरुले कतारमा १० दिने होटल क्वारेन्टाइन बस्नु पर्दैन, २ दिन मात्र बसे पुग्छ । नयाँ नीति अनुसार २ दिन होटल क्वारेन्टाइनमा बसेकाहरुले होटल छाड्नुअघि अनिवार्य पीसीआर परीक्षण रिपोर्ट भने पेस गर्नु पर्नेछ । रिपोर्टमा नेगेटिभ देखिए वा एण्टिबडी टेस्टमा पोजिटिभ देखिए मात्रै निर्वाध हिँडडुल गर्न दिइने हामद मेडिकल कर्पोरेशनले जनाएको छ ।

नयाँ नियम कतार बाहिरबाट यहाँको स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको खोपहरू लगाएका आफ्ना नागरिकमा पनि लागु हुने कर्पोरेशनले जनाएको छ । कतारले नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, फिलिपिन्स र श्रीलंकालाई उच्च जोखिम भएका देशहरूको रूपमा वर्गीकृत गरेको छ ।

कतारको यो नयाँ यात्रा नीतिसंगै अब नेपालमा खोप पूर्ण डोज खोप लगाएका र यहाँको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको खोप लगाएका नेपालीले कतार प्रवेश गर्दा १० दिने होटल क्वारेन्टाइन बस्नुपर्ने बाध्यता हटेको छ । यो नीति लिने निर्णय भएपनि कहिलेदेखि यो नियम लागू हुन्छ भन्नेबारे उल्लेख गरिएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!