कोरियाको रोजगारी २० महिनापछि पुनः सुरु

Posted on: 05 Oct, 2021

असोज १९, काठमाडौँ | कोरोनाका कारण २० महिनादेखि प्रभावित भएको कोरिया रोजगार आंशिक रूपमा खुलेको छ । नेपालले कोरियाले जनस्वास्थ्यसँग सम्बन्धी राखेका विभिन्न शर्तहरु पूरा गरेपछि पहिलो चरणमा कोरियामा रोजगारीका क्रममा एकै रोजगारदातासँग नियमित ४ वर्ष १० महिना काम गरेर पुनः रोजगारीका लागि अनुमति पाएका श्रमिकहरुलाई कोरिया लैजाने तयारी सुरु भएको हो ।

पहिलो चरणमा ११९ श्रमिकको भिसा प्रक्रियाका लागि वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले नामावली सार्वजनिक गरेको छ । नामावलीमा नाम आएकाहरुमध्ये कात्तिक १० गते ५० श्रमिकको उडान गर्ने तयारी भएको बिभागले जनाएको छ । कोरियाले नेपालबाट श्रमिक लैजानको लागि राखेको सर्त अनुसार कोरोना बिमा, पीसीआर परीक्षण, सिधा हवाई उडान र १४ दिन कोरियामा क्वारेन्टाइन बस्नुपर्नेछ । सर्त अनुसार नेपालले कामदार पठाउन तयार भएपछि क्रमश कोरिया रोजगारमा जाने तयारीमा रहेका अरु कामदार पनि कोरिया रोजगारमा जान पाउने बताइएको छ । 

कोरियाले नेपालबाट कामदार लिन राखेको सबै सर्तहरु नेपालले पुरा गर्दै कोरिया रोजगार नियमित गरिने बिभागले जनाएको छ । कोरिया रोजगार नियमित भए क्रमश कोरिया रोजगारको पर्खाइमा रहेका १० हजार नेपाली कोरिया रोजगारमा जान पाउनेछन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!