पासपोर्ट बनाउन राति १ बजेदेखि लाइन, मंसिर १ देखि ई-पासपोर्ट !

Posted on: 31 Oct, 2021

कात्तिक १४, काठमाडौँ | राहदानी विभागमा राहदानी बनाउनेहरूको भिड लागेको छ । बिभागमा भीड लागेपछि राहदानी बनाउनको लागि युवाहरु राति १ बजेदेखि नै लाइन लाग्न पुगेका छन् । 

राहदानी बिभागले इपासपोर्ट आउन लागेकोले अति महत्वपूर्ण नभई पासपोर्ट नबनाउन भनेको छ तर  पछिल्लो समय सेवाग्राहीहरुको रातिदेखिनै लाइन देखिन थालेको छ । बिभागका अनुसार अमेरिका जानको लागि इडिभी भर्नेहरूको कारण बिभागमा राहदानी बनाउनेहरुको भिड लागेको हो ।

नारायणहिटीस्थित विभागको कार्यालयमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिन सेवाग्राहीको भीड बढ्दै गर्दा विभाग त्रिपुरेश्वरस्थित नवनिर्मित भवनमा ई-पासपोर्ट छपाइको पूर्वतयारी भईरहेको छ । बिभागले मंसिर १ गतेदेखि आंशिक रुपमा ई-पासपोर्टको छपाइ सुरु गर्नेछ । 

बिभागले ई-पासपोर्ट केही समयभित्र जारी गरिने हुँदा अत्यावश्यक नहुँदा पासपोर्ट नबनाउन सेवाग्राहीहरुलाई आग्रह गर्दै आएको छ । बिभागले केहि समय कुरेमा अन्तर्राष्ट्रिय स्तरको ई-पासपोर्ट बनाउन सक्ने जनाएको छ । तर अमेरिकी डिभी चिट्ठाको लागि पासपोर्ट अनिवार्य भएको कारण पासपोर्ट बनाउनको लागि जानेहरुको भीड लाग्ने गरेको छ । डिभी भर्ने म्याद ९ दिन मात्र बाँकी छँदा त्यसको बीचमा तिहार समेत परेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!