रोजगारीमा जानको लागि महिना दिनमा करिब ५५ हजारले लिए श्रम स्वीकृति

Posted on: 25 Nov, 2021

मंसिर ९, काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारी जानेको संख्यामा वृद्धि हुँदै गएको छ । वैदेशिक रोजगारीमा जानको लागि गत महिनामा करिब ५५ हजारले श्रमि स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागले तयार पारेको प्रतिवेदन अनुसार गत कात्तिक महिना अर्थात् २०२१–१०–१८ देखि ०२१–११–१६ सम्ममा ५४ हजार ९ सय १८ जनाले श्रमि स्वीकृति लिएका छन् । जसमा ५० हजार ६ सय २३ जना पुरुष रहेका छन् भने ४२ सय ९५ जना महिला रहेका छन् ।

सो संख्याले कतार, साउदी अरेबिया, यूएई, बहराइन, कुबेत, ओमन, साइप्रस, माल्दिभ्सलगायत ८४ वटा देशहरुको श्रम स्वीकृति लिएका हुन् । त्यसैगरी, सो अवधिमा सबैभन्दा बढी कतार जानेको संख्या सबैभन्दा बढी रहेको छ ।

गत महिना १८ हजार ४ सय ३१ पुरुष र ६ सय ५० महिला गरी १९ सय ८१ जना नेपालीले बहराइन जानको लागि श्रम स्वीकृति लिएका छन् भने दोस्रो देशमा साउदी अरबिया रहेको छ । साउदी जानका लागि १६ हजार ९ सय ७८ पुरुष र ३१ महिला गरी १७ सय ९ जनाले श्रम स्वीकृति लिएका छन् ।

तेस्रो देशको रुपमा यूएई रहेको छ । गत महिना यूएई जानका लागि १० हजार ९ सय ८७ पुरुष र २ हजार ५ सय ६३ महिला गरी १३ हजार ५ सय ५० जनाले श्रम स्वीकृति लिएका छन् भने चौथो स्थानमा बहराइन रहेको छ ।

बहराइन जानको लागि १ हजार ८१ जना पुरुष र ७४ जना महिला गरी ११ सय ५५ जना नेपालीले बहराइन जानको लागि श्रम स्वीकृति लिएका छन् । अन्य देशहरुको श्रम स्वीकृति लिनेको संख्या भने हजारभन्दा कम रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!