भिजिट भिसामा युएई जाने क्रम रोकिएन, अलपत्र परेकालाई उद्वार गर्न पीडितहरुको माग

Posted on: 03 Dec, 2021

मंसिर १७, काठमाडौं | भिजिट भिसामा गएर आकर्षक तलब सुविधासहितको रोजगारी पाउने प्रलोभनमा युएई पु¥याइएका नेपाली युवाहरूको ठूलो संख्या अलपत्र परेका छन् ।

खासगरी दुबई एक्सोमा सुरक्षागार्डमा राम्रो तलब पाउने भन्दै लगिएका युवाहरू अलपत्र पर्ने क्रम दैनिकरूपमा बढी रहेको बताइएको छ । आकर्षक रोजगारी खोजीदिने भन्दै वैदेशिक रोजगार ऐनले तोकेको प्रक्रिया पूरा नगरी भ्रमणका लागि जारी हुने ‘भिजिट भिसा’मा लैजाने क्रम पहिलेदेखि रहेपनि पछिल्ला दिनमा दुबई एक्स्पोमा सुरक्षागार्डको राम्रो तलब पाइन्छ भन्दै आश्वासन दिएर युएई पठाउने क्रम ह्वात्तै बढेको युएईस्थित नेपाली दुतावास स्रोतले बताएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतले भिजिट भिसामा जानेहरुलाई निरूत्साहित गर्नुपर्ने पटक–पटक बताएपनि व्यवहारमा भिजिट भिसामा जानेक्रम नरोकिएको युएईबाट मध्यान्हलाई प्राप्त एक भिडियोमा देखिएको छ । भिडियोमा नेपालका रस्तमा राईले टाईगर म्यानपावरमार्फत पठाएको  बताउने बाराका युवाहरूले युएई पुगेपछि नेपालबाटै गएका एजेन्टले आफुहरूसँग रहेको डलर पनि दबाबदिई जबरजस्ती लिएर नेपाल फर्किएको र आफुहरूलाई अलपत्र पारेको बताए । 

एजेन्टले पाकिस्तानीलाई दिएका राहदानी स्थानीय प्रहरीको सहयोगमा फिर्ता लिन सकेपनि घर फर्किने टिकट नभएको उनीहरूको भनाइ छ । हाल उनीहरू सहयोगीहरूले दिएको आधा पेट खाएर सडक र खुला आकाशमा दिन कटाइरहेका छन् । अलपत्र परेका युवाहरूले दलालको भरमा परेर भिजिट भिसामा युएई नआउन आग्रह गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!