प्रियंका चोपडाको सिनेमामा छनौट हुने यी नेपाली अभिनेत्री को हुन् ?

Posted on: 16 Jan, 2017


माघ ३, काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो फिल्म ‘पौवा’को लागि नेपालीभाषी अभिनेत्रीलाई छनोट गरेकी छन् । 

सिक्किमेली मोडल मञ्जु केसी क्षेत्रीलाई उनले आफ्नो फिल्ममा अनुवन्धन गरेकी हुन् ।  सन् २०१३ देखि अभिनय यात्रा थालेकी मञ्जुले नेपाली टेलिसिरियल मेरी बास्सैमा खड्का जीकी कान्छी श्रीमतीको भूमिका निभाएकी थिइन् । 

प्रियंका चोपडाको सिनेमामा मञ्जु अडिशन पछि फाईनल भएकी हुन् । मञ्जुले सिक्किम मनिपाल विश्वविद्यालयबाट एम.बि.ए सकेकी छिन् । प्रियंका चोपडाको होम प्रोडक्शन पर्पल पेबलबाट छनौट भएको भन्दै फोन आउँदा आफूलाई निकै खुसी लागेको मञ्जुले जानकारी दिएकी छिन् । पर्पल पेबलमा अहिले प्रियंकाकी आमा मधु चोपडा प्रमुख छिन् । 

फेबु्रअरी पहिलो सातादेखि वर्कशप सुरु हुने यो सिनेमाका लागि अझैँ पाँच जना कलाकारहरुको खोजी भइरहेको छ । सिनेमामा राजनीतिक अस्थिरताका कारण परिवारबाट अलग भएका दुई बालबालिकाको कथालाई समेटिने छ । फिल्मको सुटिङ मार्चबाट सुरु हुँदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!