तनुजाको आँखामा संसार देख्ने आयुष्मान (भिडीयो)

Posted on: 24 Apr, 2017

बैशाख ११, काठमाडौं ।  सागर राज र जय मल्लको स्वर, शब्द तथा संगीत मा बनेको गीत 'तिम्रो आँखामा' को भिडियो सार्वजनिक भएको छ। भिडियोमा नायक आयुष्मान देशराज जोशी र तनुजा गुरुङ फिचरिङ भएका छन्। भिडियोमा उनीहरुको रोमान्स देख्न सकिन्छ्। 

गीतको भिडियोलाई सागर राजले नै निर्देशन गरेका हुन्। उनले यस अघि  ‘पानी पर्यो’ , 'चुम्बककै होउ कि तिमी' जस्ता सुपरहिट गीतको भिडियो निर्देशन गरेका छन्। सार्वजनिक  भिडियोमा अनिल कुमार मानन्धरको छायाँकन र कृष्ण पाण्डेको सम्पादन रहेको छ ।भिडियोलाई जय मल्ल र नविन मल्लले निर्माण गरेका हुन्  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!