बलिउडमा प्रख्यात कलाकार विनोद खन्नाको निधन

Posted on: 27 Apr, 2017

बैशाख, मुम्बई । बलिउडका प्रख्यात कलाकार बिनोद खन्नाको ७० वर्षको उमेरमा बिहीबार निधन भएको मुम्बई अस्पताल स्रोतले जानकारी दिएको छ । 

उहाँले बलिउडका चलचित्र ‘अमर अक्बर एन्थोनी’ र मेरे अपनेलगायत दर्जनौँमा हिन्दी चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँले सन् १९७० को दशकमा विद्रोही युवाको भूमिकाको रुपमा अभिनय गर्नुभएको थियो । 

खन्ना पञ्जाव राज्यको सांसदसमेत बन्नुभएको थियो । प्रख्यात कलाकार तथा सांसद सदस्य खन्नालाई गत मार्च ३१ मुम्बइस्थित ‘सर एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । 

उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थो । अस्पतालको अनुसार उहाँको शरीरमा पानीको कमि हुने समस्या थियो । 

बिनोद खन्नाको तीन छोरा र एक छोरी छन् । उनको छोरा अक्षय खन्ना पनि बलिउडका प्रख्यात कलाकार हुनुहन्छ । खन्नाको अभिनयको सुरुवात १९६८ मा चलचित्र ‘मनका मित’बाट भएको थियो । 

साथै मेरे अपने, मेरा गांव मेरा देश, इम्हिान, इनकार अमर अक्वर इन्थोनी, लहू के दो रङ्ग, कुर्बानी, दयावान र जुर्मजस्ता चलचित्रमा उहाँको सशस्त्र अभिनय रहेको थियो । 

उहाँले अन्तिम अभिनय सन् २०१५ मा शाहरुख खानको चलचित्र दिलवालेमा गर्नुभएको थियो । रासस/एएफपी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!