"कमलेको बिहे'को गीत सार्बजनिक

Posted on: 21 May, 2017

नेपाली चलचित्र  'कमलेको बिहे'को गीत सार्बजनिक  गरिएको छ। काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त गीत सार्वजनिक गरिएको हो । लोकलयमा निर्माण भएको 'टाकान टुकुन' बोलको गीतमा राजनराज सिवाकोटी ,शिखर सन्तोष तथा बाबुल गिरि को रहेको छ । आलेख, कथा तथा सम्बाद महेश दवाडीको रहेको छ । राजनराज सिवाकोटी र मण्डवी त्रिपाठीको स्वर रहेको गीतको भिडियोमा दीपकमान सिंहले नृत्य निर्देशन गरेका छन्। म्युजिक भिडियो निर्देशनमा पृथक पहिचान बनाउन सफल निर्देशक प्रसन्न पौडेलको निर्देशनमा तयार भएको 'कमलेको बिहे'मा अनुप विक्रम शाही र सन्ध्या केसीले अभिनय गरेका छन् ।

यसै गरि गीत/शब्द प्रकट कुमार शिशिर तथा राजन राज सिवाकोटीको रहेको छ भने चलचित्रमा मागेर गरिएको बिबाह तथा प्रेम बिवाह बिचको द्वन्द हो ​। ​चलचित्रमा अनुपले 'कमले' र सन्ध्याले 'चमेली' को भूमिकामा देखिने छन् ।​ ​कमलेले पहिला-पहिला जस्तो आफ्नो घरबाट रोजेको केटीलाई विवाह गर्छ कि आफुले रोजेकोलाई बिवाह गर्छ भन्ने कुरा नै मुख्य विषयबस्तु हो,' चलचित्रका निर्देशक पौडेलले भने ।  

सरिता लामा निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता दीपक बिस्ट हुन। । यसै गरि सह निर्मातामा सुनिल बिष्ट तथा मिलन राई रहेका छन् । विदुर पाण्डेले खिचेको चलचित्रलाई तारा थापा 'किम्भे'ले सम्पादन गरेका हुन्। ​ ​चलचित्रमा गायक गायिकाहरुमा राजन राज सिवाकोटी ,मण्डवि त्रिपाठी ,युवराज चौलागाई ,समिर आचार्य तथा अरुण देव यादव रहेका छन् भने द्वन्द निर्देशक सम्राट बस्नेत को रहेको छ ।

सम्पादन तारा थापाको रहेको छ भने जीवन्तता (कलर )श्याम कुवर तथा पार्श्व शैलेश श्रेष्ठको रहेको छ । प्रस्तुति अभिकल्पक (डिजाईनर ) प्रकाश महरा तथा प्रस्तुति व्यवस्थापक प्रकाश हमालको रहेको छ । चलचित्रमा अनुप र सन्ध्याको अतिरिक्त विनोद न्यौपाने, इशान ढकाल, दीपक पहाडी, रेशु तमाङ, किरण लाकोउल लगायतको अभिनय रहेको छ । 

हेर्नुहोस यस्तो छ गीत :- 


यस बिषयमा तपाइको प्रतिक्रिया...!