भागीरथसंग आँखा जुधाउन समेत सक्दिनन् भुमिका गिरी, किन ? (भिडियोसहित)

Posted on: 21 Jun, 2017


नेपाली लोक दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय चर्चा कमाउन सफल गायीका भुमिका गिरी दोहोरीको झटारो हान्न कसैसंग पनि लजाउंदैनिन् । 

तर सर्जक तथा लोक दोहोरी गायक भागीरथ चलाउनेको छेउंमा बस्न भने शरम लाग्ने गरेको उनले जनाएकी छिन् । दंगाली चेली भुमिकाले आफ्नो सल्यानी सोल्टी भागीरथसंग आंखा समेत जुधाउन नसक्ने जनाएकि छिन् ।

भागीरथको मायामा फसेकी भुमिकाले ‘गोरखपुरको सलाइ’ मा सिंउदो भरेर लैजान आग्रह गरेकि हुन् । र यस्तै वार्तालाभ भएको लोक दोहोरी एल्वम ‘गोरखपुरको सलाइ’ ले अहिले बजारमा तहल्का मच्चाइरहेको छ । केहि दिन अघि मात्रै युट्युवमा सार्वजनीक भएको भुमिका गिरीको यो गितले संचारमाध्ययमहरुमा पनि रामै्र स्थान पाइरहेको छ भने दर्शकहरुको भ्यू पनि दिनप्रतिदिन पाइरहेको छ । भागीरथ चलाउनेको शव्द र लयमा तयार गरिएको यस गितलाइ भागीरथ र भुमिकाको स्वरले न्याय गरेको छ ।

त्यसै माथी चर्चीत गायक रामजि खांड र मोडल रश्मी तामाङको अभिनयले झन दर्शकहरुको मन सहजै तान्न सक्ने देखिन्छ । चुरोट पिउंदै भिडियोमा देखा परेका रामजि रश्मीसंग मज्जै संग नाचेका छन् । आफ्नो गीतको बारे जानकारि दिदै भुमिका गिरीले भनिन्– ‘गीत राम्रो बनेको प्रतिक्रिया पाइरहेका छौं, चर्चीत निर्देशक बब्बु थापाले निर्देशन गरेकाले पनि भिडियो उत्कृष्ट बनेको छ ।’ तिर्सना म्युजिक मार्फत बजारमा आएको यस गितलाइ दुर्गा पौडेलले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन् ।

‘तीज गीतमा व्यस्त छु’

यसैविच हिजो आज आफु तिजका गीतमा व्यस्त रहेको गायीका भुमिका गिरीले जनाएकी छिन् । दाङको देउखुरि क्षेत्रमा जन्मीएर काठमाण्डौलाइ कर्मथलो बनाइरहेकी भुमिकाले यस वर्ष पनि हिन्दु नारिहरुको महान चाड तीजलाइ मध्यनजर गरेर करिव आधा दर्जन गितको तयारिमा रहेको जनाएकि हुन् ।

उनले भनीन्– ‘मेरो आफ्नै २ वटा तीज गीत आउंदैछ, पशुपती शर्मा र तिलक ओली संग मिलेर बनाउंदैछु, अरुको गीत पनि गाउन अनुरोध आइरहेको छ ।’ गत वर्ष भुमिका र भागीरथको स्वरमा रहेको तीज गित ‘नरिसाउन कान्छु’ एकदमै चर्चीत भएको थियो ।

लौका चाख्ने मौका देउ बोलको गितबाट गायन यात्रा शुरु गरेकि भुमिका विशेष गरि विक्रम संवत् २०६६ सालदेखि यस क्षेत्रमा क्रियाशिल छिन् । दर्जनौ एल्वम बजारमा ल्याइसकेकि उनी लाइभ दोहोरीमा खप्पीस मानिन्छिन् । प्रस्तुति: शंकर के सी, सल्यान 


यस बिषयमा तपाइको प्रतिक्रिया...!