विदेश गएका नेपालीको कथाव्यथालाई समावेश गरिएको गीत सार्वजनिक (भिडियो)

Posted on: 12 Feb, 2018

माघ २९, काठमाडौँ | गायिका बबिना किराँतीको आवाजमा ‘माथि माथि हिमाली भेग्मा’ बोलको पूर्वेली गीतको क्यासेट यहाँ सार्वजनिक गरिएको छ । 

विदेश गएका नेपालीको कथाव्यथालाई समावेश गरिएको सो गीतमा सङ्गीतकार डी आर अतुको शब्द तथा संगीत रहेको छ । माया, प्रेम र परदेशीको कथालाई समावेश गरिएको अत्यन्त फरक धारको गीत भएको कारणले पनि बजार पाउने गायिका किराँतीको भनाइ छ । 

निर्देशक युवराज वाइवाको निर्देशन र उत्सव दाहालको छायाङ्कन तथा निशान घिमिरेको सम्पादन रहेको उक्त गीतको भिडियोमा गायिका स्वयम् बबिना किराँती र आशीष मगरलाइ देख्न सकिन्छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!