भद्रगोलकी रक्षाद्वारा अभिनित मार्मिक गीत सार्वजनिक(भिडियोसहित)

Posted on: 16 Feb, 2018

फागुन ४ काठमाडौं | गायक तथा संगीतकार तुला पर्वतले निर्देशन गरेको नयाँ गीतको भिडियो ‘जुन लुक्यो आकाशमा’ सार्वजनिक गरिएको छ । सिएल शर्माका शब्द, संगीत र स्वरमा तयार भएको गीतमा चर्चित हाँस्य शृखला भद्रगोलकी रक्षा श्रेष्ठको दमदार अभिनय रहेको छ । गायक तुला पर्वतको निर्देशनमा तयार भएको भिडियो सुन्दर नगरी पोखरामा छायांकन गरिएको हो ।

गीतले आमा गुमाएकी छोरीको मर्मलाई बाबुको आँखाबाट ऐनाजस्तै छर्लग पारेको छ । यो भिडियोमा निर्देशक तुलाले ठूलो मेहेनतका साथ काम गरेका छन् । भर्खरै जन्मिएको बच्चालाई माघ महिनाको जाडोमा ठूलो जोखिम मोलेर काम गर्दा निकै नै चुनौती आइपरेको बताउँछन् । बच्चासँग अत्यधिक रम्न मन पराउने तुलाले यो भिडियोमा मात्रै ४ जना बाल कलाकारहरुलाई खेल्ने मौका जुराइदिएका छन् ।

भिडियोमा रक्षाका अलावा तुला पर्वत, उनकी छोरी शृषा कुँवर सहित ३ जना बालकलाकारहरुको अभिनय रहेको छ । भिडियोलाई अजुर्न सापाकोटाले छायांकन गरेका हुन् भने मोती कार्कीले सम्पादन गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!