प्रियंका कार्की अभिनित गीत ‘सपनीमा आउनेलाई’ सार्वजनिक (भिडियो)

Posted on: 18 Feb, 2018

फागुन ६ काठमाडौं | चर्चित नायिका प्रियंका कार्की अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सपनीमा आउनेलाई’ बोलको गीतमा प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छिन्  |



मेलिना राईको स्वर रहेको गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ।

महाराज थापाको एरेन्जमा तयार भएको गीतको भिडियो अत्यन्त उत्कृष्ट बनेको छ । भिडियोलाई सुदिप बराले खिचेका हुन् भने अर्जुन जिसीको सम्पादन छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा गोकर्ण रिसोर्टका सुन्दर दृष्य समावेश गरिएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!