‘टप मोडल वल्डवाइड’ मा निशान चौहान

Posted on: 19 Feb, 2018

फागुन ७, काठमाडौँ  | ‘म्यानहन्ट नेपाल २०१६’ का मिष्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ विजेता निशान चौहान आगामी चैत २० गते बेलायतको लण्डनमा हुने ‘टप मोडल वल्डवाइड २०१८’ मा सहभागी हुने भएका छन् । 

संसारभरका मोडल सहभागी हुने उक्त प्रतियोगितामा ४० भन्दा बढीको सहभागिता रहने बताइएको छ । एक नेपालीले लण्डनमा पुगेर संसारभरका मोडलसँग प्रतिष्पर्धा गर्न पाउँदा निकै गर्व लागेको प्रतियोगी चौहानले पत्रकार सम्मेलनमा बताउनुभयो । सन् २०१६ देखि मोडलिङ शुरु गर्नुभएका २९ वर्षीय वीरगञ्ज, पर्सा निवासी चौहान हाल काठमाडाँैमा नै रहेर आफ्नो ‘मोडलिङ करिअर’लाई अगाडि बढाइरहनुभएको छ । उहाँ ‘टप मोडेल नेपाल २०१८’ का विजेता तथा ‘म्यानहन्ट इन्टरनेशनल नेपाल २०१६’का मिष्टर पर्सनालिटी हुनुहुन्छ । उहाँले नेपाली चलचित्र ‘पर्व’मा समेत अभिनय गर्नुभएको छ | रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!