'कृ' फिल्मको गीतमा लफडा सुरु, गीत चोरिएको भन्दै भुवनविरुद्ध उजुरी (भिडियो)

Posted on: 07 Mar, 2018

फागुन २३, काठमाडौं । 'कृ ' फिल्ममा समावेश गरिएको गीतमा लफडा सुरु भएको छ | पुराना फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधानले आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत 'कृ' मा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिन पुगेका छन् । सम्झनाको ‘उकालीमा अघि अघि’ बोलको गीतलाई विना अनुमति ‘कृ’मा समावेश गरिएको उनले आरोप लगाएका हुन् ।

कृका निर्माता भुवन केसी र सुवास गिरीविरुद्ध उजुरी लिएर करिब १० दिन अगाडि शम्भु महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए । तर, डिएसपी मोहन थापाले उजुरी दर्ता नगरी दुवै पक्षलाई बोलाएर मिलाउने प्रयास गर्दै आएका छन् ।

आफ्नो गीत चोरेकै कारण कृले राम्रो व्यापार गरेको भन्दै उनले फिल्मले उठाएको पैसामध्ये आधा आफूले क्षतिपूर्तिका रुपमा पाउनुपर्ने जिकिर गरेका छन् । उजुरीमा पनि उनले यही माग गरेका छन् ।

कृका निर्माताका अनुसार गीतको सानो अंश कपि गरिएको बताएका छन् । आफुहरुले भुवन केसीको प्रस्तावमा उक्त अंश समावेश गरेको निर्माण पक्षको भनाइ रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!