गायक पंगेनीले संसारका पीडा त्यागेर जान्छु भनेपछि...(भिडियोसहित)

Posted on: 23 Apr, 2018

वैशाख १० काठमाडौं | गायक सुशील पंगेनीले आफ्नै शब्द र संगीतमा तिमी जादैछौ टाढा बोलको पपआधुनीक गीत सार्वजनीक गरेका छन् । म्युजीक नेपालको युट्युव च्यालनबाट दर्शकमाझ प्रस्तुत गरिएको भिडियोमा चर्चित मोडल रञ्जन रिजाल र अभिनेत्री उषा खनालले अभिनय गरेका छन् । भिडियो शिब बिकले निर्देशन गरेका हुन् । 

झण्डै एक दशकदेखि फिल्म लेखनमा सक्रिय रहेका पंगेनीको यस गीतमा प्रेमपीडा प्रस्तुत गरिएको छ । फिल्म लेखनका साथै गायन,शब्द रचना र संगीतमा समेत पारंगत पंगेनीले आफूसँग झण्डै दुई सय वटा गीत संगीतसहित ‘स्टक’ रहेको बताउँछन् । 

सानैदेखि गायन तथा लेखनमा दख्खल राख्ने गरेका पंगेनी तिमी जादैछौं टाढा बोलको गीत युवापीढीको सत्य प्रेमघटनामा आधारित रहेको बताउँछन् । झट्ट सुन्दा आफ्नो गीतले प्रेमपीडितलाई आत्महत्या गर्न प्रेरित गर्नेजस्तो देखिए पनि वास्तविकता त्यस्तो नभएको तर्क उनको छ । उनी भन्छन्, ‘गीतमार्फत प्रेममा धोका, घात, पीडा भयो भने कस्तोसम्म दुर्घटना निम्तिन सक्छ भन्दै कसैले कसैलाई धोका नदेओस भन्ने सन्देश प्रभाव गर्न खोजेको हुँ ।’ 

फिल्म लेखन र गायन संगीतलाई सँगै अघि बढाउने जमर्को गरेका पंगेनीले जन्जिर, टिचर, एउटा साथी, लक्ष्यलगायत झण्डै एक दर्जन फिल्मको स्क्रिप्ट लेखेका छन् । उनले लेखेको लक्ष्य फिल्ममा समाबेश अन्जु पन्तको स्वरको टेकेर दिलको दैलो बोलको गीत निकै चर्चित भएको थियो । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!