प्राश्ना शाक्यको मार्मिक गीत ‘ए हावा’ सार्वजनिक (भिडियोसहित)

Posted on: 24 Apr, 2018


वैशाख ११ काठमाण्डौ | ‘आवाज देउ’ बोलको गीत गाएर चर्चामा आएकी गायिका प्राश्ना शाक्यको ‘हावा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा हरि लम्सालको संगीत र सरिता तुलाधरको शब्दरचना रहेको छ भने उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ । 

सुमधुर गीतको भिडियो पनि एकदमै उत्कृष्ट बनेको छ । युवराज वाईबाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । अनिल र श्वेताको अभिनय रहेको भिडियोमा दुई बिछोडिएका प्रेमी–प्रेमीकाको कथालाई देखाउन खोजिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!