बल्छिले गरे ६ बर्षको प्रेमपछि बिवाह, बिहेको दिनमै यस्तो रोमान्टिक बने (भिडियोसहित)

Posted on: 11 May, 2018

वैशाख २८, काठमाडौं । हाँस्य टेलिसिरियल ‘मेरीबास्सै’ मा बल्छि धुर्बेनामबाट परिचित मरिचमान श्रेष्ठ बैवाहिक जीवनमा बाधिएका छन् । बल्छिले लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम बिवाह गरेका हुन् । उनले ६ बर्ष लामो प्रेमलाई बिवाहमा बदलेका हुन् ।


शुक्रबार काठमाण्डौको म्हेपि मन्दिरमा परम्परा अनुसार बिवाह गरेका हुन् । मन्दिरबाट बिवाह गरेसँगै बल्छिले आफ्नो निबास गोर्खा लगेर करुणालाई भित्राए । बिवाह समारोहमा दुईपरिवारका सदस्य बाहेक कलाकारहरु खासै देखिदैनथे ।

बल्छिले आजभन्दा ६ बर्ष अघि सिताराम कट्टेलसँग लमजुङको एक कार्यक्रममा जाँदा करुणासँग चिनजान भएको बताए । ‘कार्यक्रमको सिलसिलामा धुर्मुस दाईसँग लमजुङ जाँदा करुणसँग परिचय भयो, पछि कुराकानी हुँदै जाँदा मायाप्रेममा परियो’, बल्छिले भने । करुणाले मनमिल्ने मान्छे पाएकोमा निकै खुसी भएको बताउँछिन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!