अशोक दर्जीको पहिलो गीत ‘मनबिनाको धन ठूलो’ कतारमा समेत नम्बर १ ट्रेन्डिङमा (भिडियोसहित)

Posted on: 15 May, 2018

जेठ १ काठमाडौँ | बाल गायक अशोक दर्जीको स्वरमा रहेको पहिलो गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ कतारमा समेत १ नम्बर ट्रेन्डिङमा आएको छ ।

उक्त गीत अहिलेसम्म ३० लाखभन्दा बढी पटक गीत हेरिएको छ । नेपाली गीतले विदेशमा नम्बर १ को स्थानमा पाएको यो पहिलोपटक हो ।

यो गीत यूट्यूबमा रिलिज भएकै दिनदेखि नेपालमा १ नम्बर ट्रेन्डिङ रहेको छ । 

उक्त गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको रहेको छ। म्युजिक भिडियोमा दर्जी आफैले अभिनय गरेका छन् । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!