रेस थ्रीको ट्रेलर रिलिज (भिडियोसहित)

Posted on: 16 May, 2018

जेठ २ काठमान्डौ । सलमान खान स्टारर फिल्म ‘रेस थ्री’ को ट्रेलर रिलिज भएको छ ।

ट्रेलर रिलिज  कार्यक्रम जुहुमा आयोजना गरिएको थियो । कार्यक्रममा फिल्मका स्टारकास्ट सलमान खान, बबी देओल, ज्याकलिन फर्नान्डेज, डेजी शाह, अनिल कपूर र फ्रेडी दारुवाला  आदिको  उपस्थित रहेको थिए ।

कार्यक्रममा ज्याकलिन फर्नान्डिसले सलमानको तारिफ गर्दै भनिन्, ‘म सलमान खानप्रति निकै ऋणी छु । किक मेरो करियरको टर्निङ पोइन्ट साबित भएको थियो ।’

फिल्मबारे कुरा गर्दै सलमानले भने, ‘समयको कमीका कारण रेस र रेस टु हेर्न पाएको छैन तर यो राम्रै रह्यो । रेस थ्रीमा मैले आफ्नो इनपुट हालेको छु ।’

रेमो डिसुजा निर्देशीत फिल्म  रेस थ्री यसै वर्षको  इदमा रिलिज हुदैछ। एजेन्सी



यस बिषयमा तपाइको प्रतिक्रिया...!