परदेशीको पीडालाई समेटीएको अहिलेसम्मकै मार्मिक गीत सार्वजनिक (भिडियोसहित)

Posted on: 18 May, 2018

जेठ ४ काठमाडौं | जीवनको अनेकौ रंगीन सपना सजाएर आफ्नो परिवारलाई सुखी राख्ने, खुशी राख्ने बाचा गर्दै परदेशी जब सबै सपना सपनामै सिमित राखी काठको बाकसमा सजिएर आउने यथार्थलाई समेटी बनेको 'बोल माया' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले एक कार्यक्रमको बिचमा उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। 

होटेल हिमालय, ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्रि विष्टले उक्त गीतलाई सार्वजनिक गरेका हुन् | 

परदेशीको वियोगलाई समेटेर बनाइएको उक्त गीतमा प्रकाश सपुतले शव्द दिएका छन् भने संगीत, रचना र म्युजिक भिडियो निर्देशन समेत सपूतले नै गरेका छन् | उक्त मार्मिक गीतलाई चर्चित लोक गायक तथा फिल्म निर्देशक नारायण रायमाझी र सुमुधुर स्वरकी धनि चर्चित गायिका शान्तिश्री परियारले आवाज दिएकी छिन्। 

रायमाझी, परियारका साथै गीतमा प्रकाश सपुतको समेत स्वर समेटिएको छ। गायनमा नयाँ प्रयोग समेत गरिएको गीत र त्यसको म्युजिक भिडियोले प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित मन्त्री विष्ट सहित सहभागीका आँखा रसाएका थिए।


यस बिषयमा तपाइको प्रतिक्रिया...!