चर्चित गायक रञ्जित लामाले ल्याए नयाँ गीत 'मुसुक्क ङेमा' (भिडियो)

Posted on: 21 May, 2018

जेठ ६ काठमाडौं | चर्चित गायक रञ्जित लामाको स्वरमा रहेको मुसुक्क ङेमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । 

सुमन लामाको शब्द रहेको यस गीतमा एनवि थापामगरको संगीत रहेको छ । गायक लामाको सार्वजनिक भएका प्राय सबै गीतहरु लोकप्रिय रहेका छन् । 

तामाङ सेलो, लोक पप, पप गीतहरुबाट श्रोताको मन जित्न सफल गायक लामा पछिल्लो पुस्ताका व्यस्त गायकमा पर्दछन् ।

सार्वजनिक भएको भिडियोमा मिलन लामा र उर्मिला तामाङको अभिनय रहेको छ । दीपेन्द्र भट्टको छायांकन र सम्पादन रहेको भिडियोमा ड्रोनबाट भने सुरेश घिसिङले खिचेका थिए । प्रतिभा चाम्लिङको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई एमवि गुरुङले निर्देशन गरेका छन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!