अमेरिका बोइजको ‘मेरो ध्याननै तिमीमा’ गीत सार्वजनिक(भिडियोसहित)

Posted on: 22 May, 2018

जेठ ८ काठमाण्डौ | अमेरिका बोइजको दोस्रो  गीत ‘मेरो ध्याननै तिमीमा’ सार्वजनिक भएको छ । 

सार्वजनिक गीतमा संगीत जयन जे वाइवा तथा स्वर जयन जे  वाइवा, रोशन थापा र सुरज शाही ठकुरीको रहेको छ | गीतलाई  किरण तुलाधारले एरेन्ज गरेका हुन् । 

प्रवेश पौडेल निर्देशित यस फिल्मामा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ।

‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलको लगानी रहेको छ ।

समिर खरेल कार्यकारी निर्माता रहेको फिल्ममा अनुप थापा, यमुना खरेल र राज के.सी पनि सह-निर्माताको रुपमा रहेका छन् । 

विवेक पण्डेको कथा, पटकथा र संबाद रहेको फिल्ममा दिपक आरजे र जयन जे वाईवाको संगीत, सुनिल क्षेत्री नेपाली ठिटोजको नृत्य निर्देशन, सम्राट बस्नेतको द्धन्द रहेको छ । आलोक शुक्लाले खिचेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् । उक्त चलचित्र जेठ १८ देखि प्रदर्शनमा आउने भएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!