बिवाद मिलाउन खप्पिस प्रियंका, यी दुई जोडीलाई मिलाइदिएपछि...(भिडियोसहित)

Posted on: 24 May, 2018

जेठ १० काठमाण्डौ | नायिका प्रियंका कार्की पछिल्लो समयकी चर्चित नायिका हुन् । उनी आजकल दैनिकजसो केहि न केहिको छायांकन, ईभेन्ट तथा अरु कार्यक्रमहरुमा ब्यस्त भईरहेकी हुन्छिन् । चलचित्रको साथमा उनी बिज्ञापन तथा म्युजिक भिडियोहरुको सुटिङमा पनि ब्यस्त हुने गर्छिन् ।

नायिका प्रियंका कार्की चलचित्र, बिज्ञापन र म्युजिक भिडियोको साथमा मेलमिलापकर्ता पनि बनेकी छिन् । तर त्यो बास्तविकतामा नभएर एउटा छोटो चलचित्रको लागि हो । सङ्घीय मामला तथा स्थानिय विकास मन्त्रालयको लागि जाइका नेपालको सहयोगमा शुभ मिडिया होमले निर्माण गरेको छोटो चलचित्र ‘गाउँको मेलमिलाप’मा उनी मेलमिलापकर्ता बनेकी हुन् । चलचित्रमा उनले दुई जोडीको बिवाद मिलाएकी छिन् ।

दीपक आचार्यको निर्देशनमा बनेको चलचित्र ‘गाउँको मेलमिलाप’मा हरिजंग थापाको पटकथा तथा संवाद छ । दिनेश कुमार थपलियाको लेखनमा बनेको चलचित्रमा गोकुल अधिकारीको सिनेम्याटोग्राफी, अमन मानन्धर र अशोक चौधरीको सम्पादन छ । चलचित्रमा प्रियंकाको साथमा देशभक्त खनाल, मिश्री थापा, शम्भु थापा, प्रिया रिजाल, दीपक आचार्य, विनोद राई, काजी रम्तेल लगायतका कलाकारहरुको अभिनय छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!