सलमान खानको हत्या गर्ने योजनामा रहेका मोस्टवान्टेड पक्राउ, यसरी सजिलै मारिन सक्थे सलमान

Posted on: 10 Jun, 2018

जेठ २७, काठमाडौँ | हरियाणाको एक विशेष कार्यबल (एसटीएफ) ले मोस्ट वान्टेड ग्याङस्टार (गुण्डा नाइके) सम्पत नेहरालाई पक्राउ गरेको छ | प्रहरीले दिएको जानकारी अनुसार २८ बर्षीय ति गुण्डाले बलीउड स्टार सलमान खानलाई मार्ने योजना गर्दै थिए | 

प्रहरीले पक्राउ पछी सम्पतसँग बयान लिने क्रममा उनले सलमान खानलाई मार्न गईरहेको बारेमा खुलाशा गरेका छन् | उनले बयानमा बताए अनुसार सलमानलाई उनको घरको बालकोनीमा साथीहरुसँग भेटघाटको क्रममा सजिलै मार्न सकिन्थ्यो र त्यसै तयारी अनुसार उनि केहि दिन अघि मुम्बई समेत गएका थिए | साथै उनले बयानमा सलमानलाई मार्न उनले हतियार जुटाउने कसरतमा रहेको खुलाशा पनि गरेका थिए | 


को हुन् सम्पत नेहरा ?

प्रहरीको अनुसार, सम्पत नेहराले सलमानको गतिविधि‍हरु नियाल्दै आएका थिए | यी ग्याङस्टारले सलमानलाई मार्ने योजना अनुसार मुम्बई गएर सलमान आउने जाने देखि सलमानको अंगरक्षकको बारेमा पनि जानकारी लिईसकेका थिए | 

सम्पत नेहरा त्यहि लरेन्स बिश्नोई ग्याङको लागि काम गर्छन जो यसै बर्ष जनवरीमा सलमान खानलाई कालो हरिणको मुद्दामा जेल जाँदा हत्या गर्ने धमकी दिएको थियो | लरेन्स विश्नोई ग्याङ एक खतरनाक गिरोह हो | यो ग्याङ सामाजिक संजालमा निकै सक्रिय छ, खासगरि फेसबुक र व्हाट्सएपमा यो समुह निकै जानकार छ | त्यसै ग्याङका सदस्य नेहरा माथि हत्या, अपहरण र सुपारी लिएर हत्या गर्नेमा दर्जनौं भन्दा बढी मुद्दा छ |

नेहराको आगामी योजना सलमान खानलाई मार्ने थियो | प्रहरीको अनुसार सलमानलाई मारेर विदेश जाने उनको योजना थियो | 

यति मात्र नभई नेहराको खोजि हरियाणा, पन्जाब, राजस्थान र चन्डीगढ प्रहरीमा पनि थियो | प्रहरीले बताए अनुसार पछिल्लो बर्षदेखि फरार रहेका नेहराको टाउको ल्याउनेलाई नगद पुरष्कार दिने घोषणा समेत गरिएको थियो | सलमानलाई मार्ने अन्तिम योजना बनाउँदै गरेका लरेन्स विश्नोई गिरोहका शार्प शूटर सम्पत नेहरा राजस्थानको चुरू जिल्लाको कलौरी गाउँका हुन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!