विश्वकप २०१८ विशेष गीत नेपाली भाषामा, कलाकारबीच नै चल्यो भिडन्त (भिडियो)

Posted on: 13 Jun, 2018

जेठ ३० काठमाण्डौ | जुन ३१ बाट सुरु हुने ‘फिफा विश्वकप’ को रौनक यतिबेला नेपालमा पनि छाएको छ। एक महिनासम्म चल्ने उक्त फुटवल प्रतियोगीता नजिकै आइपुग्दा यसबेला धेरैको मनमा उत्साह छाएको छ। सामाजिक सञ्जाल भरिपूर्ण बनेको छ | के बालक के युवा के बृद्धा सबैलाई विश्वकपको रौनक उत्तिकै लाग्छ। कलाकारलाई पनि यतिबेला विश्वकप लागेको छ |


विशेष गरी नेपालमा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन, इंग्ल्याण्ड, पोर्चुगल, नेदरल्याण्डका समर्थक बढी देखिन्छन् । यहि विषयलाई लिएर कलाकारले पनि दोहोरी भिडन्तकै रुपमा आफ्नो टोलीको समर्थनमा गीत गाएका छन् ।

चर्चित गायक राजु ढकाल र रविन लामिछानेको विश्वकप विशेष गीत भिडियो सहित बजारमा सार्वजनिक भएको छ। गायक ढकाल अर्जेन्टिनाका फ्यान हुन्। मेसीलाई मन पराउने ढकाल गीतमा अर्जेन्टिनाकै सपोर्टमा उत्रिएका छन्।

गायक लामिछाने ब्राजिलको सपोर्टमा छन्। यद्यपी गीतको शब्द लामिछानेको हो भने लय ढकालको हो। दुर्गा पौडेलेको सिनेमाटोग्राफी र निर्देशन रहेको भिडियोमा महेन्द्र गौतम, देवेन्द्र क्षेत्री, राजेन्द्र सेडाई, डोलराज बाह्रघरे, सरोज कार्की लगायत देख्न सकिन्छ ।

एकता फिल्मस्को उत्पादन तथा नविन घर्तीमगरको सम्पादन रहेको भिडियोमा दर्शकले खेलका क्रममा गर्ने गतिविधि, उत्साह, निराशा सबैलाई समेटेको छ। भिडियोमा लोकप्रिय गायिका देवी घर्ती मगर, बद्री पंगेनी, मुना थापा मगर, महेन्द्र गौतम, देवेन्द क्षेत्री, रमेशबाबु थापा, राजन गुरुङले आफूलाई मन पर्ने टीमका बारेमा धारणा पनि राखेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!