नेपाली चलचित्र ‘वीराङ्गना’ को ट्रेलर सार्वजनिक, यस्तो छ शिल्पाको अवतार (भिडियो)

Posted on: 18 Jun, 2018

असार ४, काठमाडौं | एक्शनमा प्रतिक्षित भनिएको फिल्म ‘वीराङ्गना’को ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक सञ्जाल साईराम पिक्चर्सको युट्युब च्यानलबाट निर्माण पक्षले फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । यहि असार मसान्त अर्थात २९ गतेबाट रिलिज हुन लागेको फिल्मले पोष्टर र दुई गीत सार्वजनिक गरिसकेको छ ।

फिल्मको सार्वजनिक ट्रेलरमा मूख्य कलाकारहरु शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई देखी घोडा र बाँदर सम्म फिचरिङ गरिएको छ । फिल्मको ट्रेलरमै प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजाल लगायतलाई पनि देख्न सकिन्छ ।

महिला शसस्त्र प्रहरीको विरतामा आधारित फिल्म वीराङ्गना लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको फिल्म हो । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । वीराङ्गनामा सुमी चामलिङ राई सह निर्माता रहेकी छिन् । फिल्ममा धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटा लगायतको पनि अभिनय रहेको छ ।

फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ । फिल्मलाई काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले वितरण गर्ने भएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!