काव्या आचार्यको 'बाहिर माया देखाएर' गीत सार्वजनिक (भिडियो)

Posted on: 22 Jun, 2018

असार ८ काठमाण्डौ | फिफा वर्ल्डकपको कारण नेपाली म्युजिक भिडियो निर्माणको क्रम घटेको छ | तर पनि केहि नयाँ भिडियोहरु यु ट्युब मार्फत सार्बजनिक भई रहेका छन् । 

गायिका काव्या आचार्यको स्वरमा रहेको "बाहिर माया देखायर" बोलको गीत भिडियो सार्बजनिक भएको छ । साइरा मगरको शब्द रचना रहेको गीतमा संगीत मित्र के.सी.को रहेको छ । 

सनी सुनारले छायांकन गरेको भिडियोलाई एकान्त मगरले निर्देशन तथा सम्पादन गरेका हुन् भने भिडियोमा साइरा मगर, बिबेक मगर र पन्था लामाको अभिनय रहेको छ । उक्त भिडियोलाई व्हाईट पिगन मिडियाको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!